National life

साउन महिनाको अन्तिम कारोबार नेप्से सूचक २७९७ को बिन्दुमा, १४ अर्ब बढीको कारोबार

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३२ असार २०८२, बुधबार
485Shares
साउन महिनाको अन्तिम कारोबार नेप्से सूचक २७९७ को बिन्दुमा, १४ अर्ब बढीको कारोबार
ncell

काठमाडौँ । शेयर बजारको बढ्नेक्रमले आज पनि निरन्तरता पाएको छ । साताको चौथो कारोबारका दिन आज शेयर बजार दोहोरो अंकले बढेको हो । लगानीकर्ताको मनोबल बढेसँगै शेयर बजारले गति लिन थालेको छ ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३७.५३ अकंले बढेर २७९७.७१ बिन्दुमा कायम भएको छ ।

Royal Enfield
nic asia capital
आज ३३० कम्पनीको ४ करोड ३१ लाख ११ हजार कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ३ करोड ४८ लाख रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, आज १३ वटै उपसूचकमा हरियाली आएको छ ।  आज विकास बैंक समूह ३.७१ प्रतिशतले बढेको हो । साथै, वाणिज्य समूह १.७४ प्रतिशत, फाइनान्स समूह ०.७३ प्रतिशत, माइक्रो फाइनान्स समूहको २.०४ प्रतिशतले शेयर मूल्य बढेको छ । आज सर्वाधिक नाफा आर्जन गर्नेमा आज विकास बैंकका लगानीकर्ता रहेको छन् ।

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको मौद्रिक नीतिले पूँजी बजारको बढोत्तरीमा सहयोग पुगेको छ । गभर्नर विश्वनाथ पौडेलले सार्वजनिक गरेको मौद्रिक नीतिमा शेयर धितो कर्जाको सीमा १५ करोड रुपैयाँबाट बढाएर २५ करोड रुपैयाँ पु¥याइएको छ । यस निर्णयले लगानीकर्ताको आत्मविश्वास बढाएको देखिन्छ ।

आज बुधवार अधिकांश बैंकहरुले आगामी महिनाका लागि आफ्नो ब्याजदर घटाएका छन् । यसले पुँजी बजारलाई थप राहत हुने जानकारहरूको भनाई छ । आज पनि हाइड्रोपावर कम्पनीहरूमा लगानीकर्ता झुम्मिएका छन् ।

बुधवार बुटवल पावर कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको यसदिन ६१ करोड ८७ लाख रुपैयाँ शेयर खरिद–बिक्री भएको छ । त्यस्तै, राधि विद्युत् कम्पनीको ५६ करोड ६९ लाख रुपैयाँ, सानिमा माइ हाइड्रोपावरको ३९ करोड ९२ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको ३४ करोड २५ लाख रुपैयाँ शेयर कारोबार भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
485SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?