National life

साताको पहिलो कारोबार : शेयर बजारमा करेक्सन, ऐतिहासिक कारोबार कायमै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ साउन २०८२, आइतबार
606Shares
साताको पहिलो कारोबार : शेयर बजारमा करेक्सन, ऐतिहासिक कारोबार कायमै
ncell

काठमाडौँ । यस साताको पहिलो कारोबारका दिन शेयर बजारमा करेक्सन आएको छ । गत बिहीबार उछाल आएको शेयर बजारमा नाफा बुक गर्ने हाबी हुँदा आज गिरावट आएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.८७ अकंले घटेर २८६७.७६ बिन्दुमा कायम भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आज ३१६ कम्पनीको ५ करोड १६ लाख ५८ हजार कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ४६ करोड ४९ लाख रुपैयाँको कारोबार भएको छ।

यसदिन ८ उपसूचक राताम्य भएका छन् भने पाँच उपसूचक मात्र हरियाली भएको छ ।। आज बैंकिङ समूहको १.४५ प्रतिशत, विकास बैंक समूहको ०.२० प्रतिशत, फाइनान्स समूहको २.२२ प्रतिशतले शेयर मूल्य घटेको छ।

उक्त दिन उन्नती सहकार्य लघुवित्त, सान्भी इनर्जी, ट्रेड टावर लिमिटेड र शिवश्री हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ ।आज कुल २१ अर्ब ४६ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

घटेको बजारमा समेत नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको आज ९८ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, आज बुटवल पावर कम्पनीको ६४ करोड २७ लाख रुपैयाँ कारोबार भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
606SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?