काठमाण्डौ। यस साता सेयर बजार २०८४.०९ अंकमा बन्द भएको छ । साताभरमा ५ दिन कारोबार भएको शेयर बजारमा पहिलो कारोबार देखि नै ओरालो यात्रा तय भएको हो । यस साता बजार राताम्मे भएको छ ।
माघ २ गते २१७५.१७ अंकमा बन्द भएको बजार माघ ११ गते बिहीबार २०८४.०९ अंकमा बन्द भएको छ । बजार ५४.५४ अंकले बढेको दिन माघ २ गते ८ अर्ब २ करोडको सेयर कारोबार भएकोमा भोलिपल्ट बजार १२.१० अंकले घट्दा ९ अर्ब ७६ करोड बढीको सेयर कारोबार भएको थियो ।
यो साता दोस्रो बजारमा २६ अर्ब कारोबार भएको छ । कारोबार अघिल्लो साता ३१.४२ अर्ब थियो । बजार घटेसँगै कारोबार संख्यामा पनि तीब्र गिरावट आएको छ। बजार बढेको दिन १ लाख ३३ हजार वटा कारोबार भएकोमा बिहीबार ९१ हजार ५०० वटा मात्र कारोबार भएको छ ।
माघ २ गते ८ अर्ब बढी र ३ गते ९ अर्ब बढीको कारोबार भएको बजारमा माघ ११ गते बिहीबार पौने ४ अर्ब रुपैयाँको मात्र सेयर किनबेच भएको छ । कारोबारमा आएका सेयरको संख्या पनि ८ दिनको अवधिमा २ करोड ३३ लाखबाट घटेर १ करोड १६ लाख कित्तामा संकुचित भएको छ ।
साताभरमा बजार घट्दा लगानीकर्ताले १ खर्ब १३ अर्ब रुपैयाँभन्दा बढी सम्पत्ति गुमाएका छन् । अघिल्लो साता बुधबारदेखिको आकडा हेर्ने हो भनेपनी बजार निरन्तर रुपमा ७ वटा कारोबार दिनमा घटेको छ । आगामी साता पनि बजारमा एबीसी चक्र चल्ने अनुमान गरिएको छ ।
यस साता भएको कारोबारमा सूचकको उतार चढाव ग्राफमा हेर्नुहोस्

































