National life

साताको समीक्षा: नेप्से परिसूचक १.६८ प्रतिशतले बढ्यो , कुल बजार पुँजीकरण कति पुग्यो ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ वैशाख २०८१, शनिबार
636Shares
साताको समीक्षा: नेप्से परिसूचक १.६८ प्रतिशतले बढ्यो , कुल बजार पुँजीकरण कति पुग्यो ?
ncell

काठमाडौँ । सातको भरमा भएको कारोबार अनुसार यस साता नेप्से परिसूचक साढे १ प्रतिशत बढेर बन्द भएको छ। यस साता १.६८ प्रतिशत अर्थात् ३३.०३ अंक बढेर १९९८.९६ विन्दुमा पुगेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत साता गत १९६५.९३ विन्दुमा बन्द भएको थियो ।

५ कारोबार दिनमध्ये यस साता ४ कारोबार दिन बजार खुलेको थियो। जसमध्ये ३ कारोबार दिन नेप्से बढेको भ भने १ कारोबार दिन घटेको हो। यस साताको अन्तिम कारोबार दिन नेप्से घटेर बन्द भएको छ ।

यस साता सेन्सेटिभ इण्डेक्स २.२६ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स १.९३ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८५ प्रतिशत बढेको छ। नेप्सेसँगै यस साता दैनिक औषत भोल्यूम पनि बढेको छ। गत साता दैनिक औषतमा २ अर्ब ३१ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ३ अर्ब ६४ करोडको शेयर कारोबार भएको छ।

गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ५८.०६ प्रतिशत अर्थात् १ अर्ब ३३ करोड रुपैयाँ बढी हो। त्यसगरी, यस साता दैनिक औषत शेयर सङ्ख्या ३८.६४ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार सङ्ख्या ४२.६३ प्रतिशत बढेको छ।

यस साता नेप्सेको कुल बजार पुँजीकरण पनि साढे १ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ३१ खर्ब १७ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण, यस साता ५२ अर्ब रुपैयाँ बढेर ३१ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ। यस साता १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ।

यस साता विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ६.८१ प्रतिशत बढेको छ। गत साता ३८४८.४५ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता २६२.०६ अंक बढेर ४११०.५१ विन्दुमा पुगेको छ। त्यसै गरी, यस साता वित्त र लघुवित्त उपसमूहको परिसूचक ६ प्रतिशतभन्दा बढी बढेको छ। यस साता अन्य उपसमूहको परिसूचक ०.४४ प्रतिशत घटेको छ।

कारोबारमा आएको इन्फिनिटी लघुवित्तको शेयर मूल्य यस साता सर्वाधिक २८.५१ प्रतिशत बढेको छ। त्यस्तै, यस साता नेपाल फाइनान्सको शेयर मूल्य २१ प्रतिशतभन्दा बढी बढेको छ भने पोखरा फाइनान्सको शेयर मूल्य वृद्धिदर २० प्रतिशतभन्दा बढी रहेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता समाज लघुवित्त वित्तीय संस्था, नेपाल हाइड्रो डेभलोपर्स, विन्ध्यवासिनी हाइड्रोपावर लगायतका स्टकहरू मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।

यो समाचार शेयर गर्नुहोस्
636SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?