National life

साताको समीक्षा: नेप्से परिसूचक १९६५.९३ विन्दुमा ओर्लियो , २ अर्ब ३१ करोडको कारोबार

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ वैशाख २०८१, शनिबार
645Shares
साताको समीक्षा: नेप्से परिसूचक १९६५.९३ विन्दुमा ओर्लियो , २ अर्ब ३१ करोडको कारोबार
ncell

काठमाडौँ ।  नेप्से परिसूचक यस साता सामान्य अंक घटेर बन्द भएको छ। गत साता १९७२.१४ विन्दुमा बन्द भएको नेप्से, यस साता ६.२१ अंक घटेर १९६५.९३ विन्दुमा झरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साताभर भएको ५ कारोबार दिनमध्ये ४ कारोबार दिन बजार खुलेको थियो। जसमध्ये दुई कारोबार दिन नेप्से बढेको थियो भने दुई कारोबार दिन नेप्से घटेको थियो।

नेप्सेसँगै यस साता दैनिक औषत भोल्यूम पनि घटेको छ। गत साता दैनिक औसतमा २ अर्ब ५१ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता २ अर्ब ३१ करोडको शेयर कारोबार भएको छ। यस साता सेन्सेटिभ इन्डेक्स २.२९ अंक घटेको छ भने फ्लोट इण्डेक्स् ०.६८ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.१२ अंक घटेको छ।

गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ८.३१ प्रतिशत घटेको छ। त्यस्तै, यस साता दैनिक औषत शेयर सङ्ख्या ०.७३ प्रतिशत र दैनिक औषत कारोबार सङ्ख्या १३.५७ प्रतिशत घटेको छ। यस साता नेप्सेको कुल बजार पुँजीकरण पनि घटेको छ। गत साता ३१ खर्ब २७ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण, यस साता ०.३१ प्रतिशत घटेर ३१ खर्ब १७ अर्बमा सीमित भएको छ।

१३ उपसमूहमध्ये यस साता ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस साता वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.९७ प्रतिशत बढेको छ। गत साता १९७५.७९ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ७८.३६ अंक बढेर २०५४.१५ विन्दुमा पुगेको छ।

कारोबारमा आएको बैंकिङ्ग उपसमूहको परिसूचक यस दिन सर्वाधिक ०.९६ प्रतिशत घटेको छ। अंकका आधारमा भने यस साता होटल तथा पर्यटन उपसमूहको परिसूचक यस साता सर्वाधिक ४४.९२ अंक घटेको छ। गत साता ४९७६.५५ विन्दुमा रहेको यस उपसमूहको परिसूचक, यस साता घटेर ४९३१.६३ विन्दुमा झरेको छ।

यो समाचार शेयर गर्नुहोस्
645SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?