National life

साताको समीक्षा: नेप्से परिसूचक ७ प्रतिशतले घट्दा, साढे ३ खर्बको घाटा, यस्तो छ अन्य सूचक

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ भदौ २०८१, शनिबार
647Shares
साताको समीक्षा: नेप्से परिसूचक ७ प्रतिशतले घट्दा, साढे ३ खर्बको घाटा, यस्तो छ अन्य सूचक
ncell

काठमाडौं । यस साता नेप्से परिसूचक साढे ७ प्रतिशत घटेको छ। गत साता २९७४.४६ विन्दुमा बन्द भएको नेप्से, यस साता ७.५६ प्रतिशत अर्थात २२४.८९ अंक घटेर २७४९.५७ विन्दुमा झरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये ३ कारोबार दिन नेप्से घटेको थियो भने एक कारोबार दिन घटेको छ। यस साता बुधबार नेप्से सामान्य अंक बढेको हो। यस साता सेन्सेटिभ इण्डेक्स ८.२५ प्रतिशत घटेको छ भने फ्लोट इण्डेक्स ७.७८ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ८.८० अंक घटेको छ। नेप्सेसँगै यस साता भोल्यूम पनि घटेको छ।

गत साता दैनिक औषतमा २२ अर्ब ३० करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा १६ अर्ब ९ करोडको मात्र शेयर कारोबार भएको छ। त्यसैगरी, यस साता दैनिक औषत शेयर संख्या २३.९७ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या २१.३५ प्रतिशत घटेको छ।

यस साता धितोपत्र बजारका लगानीकर्ताहरुले साढे ३ खर्ब सम्पत्ती गुमाएका छन्। गत साताको अन्तिम कारोबार दिन ४७ खर्ब २४ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ३ खर्ब ५७ अर्ब रुपैयाँ घटेर ४३ खर्ब ६६ अर्ब रुपैयाँमा सीमित भएको छ।

यस साता १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक १०.४५ प्रतिशत घटेको छ। गत साता ३९७५.४९ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता ४१५.५५ अंक घटेर ३५५९.९४ विन्दुमा झरेको छ। त्यस्तै, यस साता म्युचुअल फण्ड उपसमूहको परिसूचक सबैभन्दा कम १.६६ प्रतिशत घटेको छ।

यस साता मैलुङ्ग खोला जलविद्युत कम्पनी र सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो। दुई कम्पनीको १० लाख ५ हजार ११९.२४ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कारोबारमा आएको आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस साता सर्वाधिक ३१.१५ प्रतिशत बढेको छ। त्यस्तै, यस साता उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १९ प्रतिशतभन्दा बढी बढेको छ भने थ्रि स्टार हाइड्रोपावरको शेयरमूल्य १७ प्रतिशत बढेको छ।

 

यो समाचार शेयर गर्नुहोस्
647SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?