काठमाडौँ । सेयर बजार परिसूचक मापक नेप्से यस साता ५३.१६ अंकले घटेको छ । २.६२ प्रतिशत सूचकसँगै कारोबार रकम पनि १५.३८ प्रतिशतले घटेको छ ।
गत बिहीबार २०२५.३० बिन्दुमा रहेको नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) घटेर १९७२.१४ बिन्दुमा कायम रहेको छ । साताभरमा ६४.४१ अंकको उतार चढाव भोगेको नेप्सेले यो सातको नेप्से बढेर उच्चतम २०३१.८६ अंकसम्म पुगेको थियो ।
यो साता चार कारोबार दिन मात्र बजार खुलेको थियो त्यसमध्येमा चारै दिन घटेको बजारमा यो साता कुल १० अर्ब ५ करोड ७९ लाख ८२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । गत साता ११ अर्ब ८८ करोड ६१ लाख २० हजारको सेयर खरिद बिक्री भएको थियो ।
साताको पहिलो दिन आइतबार २.३५ अंकले घटेको बजार, सोमबार १६.८२ अंक, मङ्गलवार १४.८१ अंक र बिहीबार नेप्से परिसूचक १९.५६ अंकको गिरावट सहित बन्द भएको हो । यो साता पुँजी बजारमा २ करोड ५८ लाख ३४ हजार ४७७ कित्ता सेयर कारोबार भएको छ ।
यो साता कारोबारमा आएका १३ ओटै उपसमुहगत सूचक घटेको छ । यो साताको बजारमा अन्यको इन्डेक्स ३.८९ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा ३.१६ प्रतिशत र जलविद्युत ३.०३ प्रतिशतले घटेको छ । बिहीबारको कारोबारपछि कुल बजार पुँजीकरण ३१ खर्ब २७ अर्ब ७ करोड ५८ लाख रुपैयाँमा समेटिएको छ । गत साता ३२ खर्ब १२ अर्ब ८० लाख रुपैयाँ थियो ।
यस्तै यो साताको बजारबाट निफा्र ऊर्जा ऋणपत्र २०८५.८६ को १२.४९, अपर स्याङ्गे हाइड्रोपावरको १०.१० र सर्वोत्तम सिमेन्टको ९.३५ प्रतिशतले घटेको छ । यसै गरी नेपाल रि इन्स्योरेन्स कम्पनी, दोल्ती पावर, सिइडिबी हाइड्रोपावर, वीन नेपाल लघुवित्त, र सिवाईसी नेपाल लघुवित्तका मूल्य ८ प्रतिशत भन्दा बढीले ओरालो लागेको छ ।


































