National life

साताको समीक्षा: १० प्रतिशत बढ्यो नेप्से परिसूचक, ५३ अर्ब ९ करोड बढीको कारोबार

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०५ साउन २०८१, शनिबार
1.2kShares
साताको समीक्षा: १० प्रतिशत बढ्यो नेप्से परिसूचक, ५३ अर्ब ९ करोड बढीको कारोबार
ncell

काठमाडौँ । गत साता २२०४.६१ विन्दुमा बन्द भएको नेप्से, यस साता ९.९७ प्रतिशत अर्थात् २१९.७१ अंक बढेर २४२४.३२ विन्दुमा पुगेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साताभरमा नेप्से परिसूचक १० प्रतिशत बढेको छ।

यस साता धितो पत्र दोस्रो बजारमा ५३ अर्ब ९ करोड ८६ लाख रुपैयाँभन्दा बढीको धितो पत्र कारोबार भएको छ । नेप्सेका अनुसार यो साता उक्त रकम बराबरको १४ करोड ४९ लाख ९६ हजारभन्दा बढी कित्ता धितो पत्र कारोबार भएको हो ।

गत साताभन्दा यो साता कारोबार रकम २४ अर्ब १६ करोड ५१ लाख रुपैयाँभन्दा बढी र कारोबार कित्ता ७ करोड ३३ लाख ११ हजारभन्दा बढी भएको हो । गत साता २८ अर्ब ९३ करोड ३५ लाख रुपैयाँभन्दा बढीको ७ करोड १६ लाख ८५ हजारभन्दा बढी कित्ता धितो पत्र कारोबार भएको थियो ।

यो साता औसतमा १० अर्ब ६१ करोड ९७ लाख रुपैयाँभन्दा बढीको २ करोड ८९ लाख ९९ हजारभन्दा बढी कित्ता धितो पत्र कारोबार भएको नेप्सेले जानकारी दिएको छ । गत साता औसतमा ४ अर्ब ८३ करोड ३० लाख रुपैयाँभन्दा बढीको १ करोड ४३ लाख ३७ हजारभन्दा बढी कित्ता धितो पत्र कारोबार भएको थियो ।

यस साता १० प्रतिशत बजार बढ्दा लगानीकर्ताको सम्पत्ति मूल्यमा भने १० प्रतिशतको वृद्धि देखिएको छ । गत साताको अन्तिम कारोबार दिन ३४ खर्ब ९६ अर्ब ९० करोड २३ लाख रुपैयाँभन्दा बढी रहेको कुल बजार पुँजीकरण यो साताको अन्तिम कारोबार दिन ३८ खर्ब ४६ अर्ब ६९ करोड ७६ लाख रुपैयाँ कायम भएको हो ।

पछिल्लो पाँच कारोबार दिनमा सूचीकृत धितोपत्रको मूल्य ३ खर्ब ४९ अर्ब ७९ करोड ५२ लाख रुपैयाँले बढेको हो । धितो पत्र दोस्रो बजार सकारात्मक गतिमा अघि बढेसँगै कारोबार रकममा वृद्धि देखिएको हो । यो साता दोस्रो बजारको समग्र कारोबार मापक नेप्से परिसूचक ९ दशमलव ९७ प्रतिशतले बढेको छ ।

नयाँ सरकार गठनसँगै शेयर बजारमा पनि उत्साह छाएको हो। अर्थमन्त्रीमा लगानीकर्ताहरूले रुचाएका विष्णु पौडेलको आगमनले लगानीकर्ताहरूको मनोबल बढाएको छ। त्यसका साथै चालु आर्थिक वर्षको मौद्रिक नीति पनि पूँजीबजार मैत्री हुने अपेक्षाले पनि यस साताको बजार उच्च दरमा बढेको हो।

यस साता सेन्सेटिभ इण्डेक्स ११.३६ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स १०.६८ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ११.७३ प्रतिशत बढेको छ।

नेप्सेसँगै यस साता दैनिक औषत कारोबार रकम पनि उल्लेख्य बढेको छ। गत साता दैनिक औषतमा ५ अर्ब ७९ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा १० अर्ब ६२ करोडको शेयर कारोबार भएको छ।

गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ८३.५२ प्रतिशत अर्थात् ४ अर्ब ८३ करोड रुपैयाँ बढी हो। ठूला कम्पनीहरूको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स गत साता ३९१ दशमलव ६६ विन्दुमा रहेकोमा यो साताको अन्तिम कारोबार दिनसम्म ११ दशमलव ३६ प्रतिशत बढेर ४३६ दशमलव १४ विन्दुमा पुगेको हो ।

मौद्रिक नीतिबाट लगानीकर्ताले आश गरेको देखिन्छ । बैंक तथा वित्तीय संस्थाको बढी स्वामित्व रहेको धितो पत्र दोस्रो बजारमा मौद्रिक नीतिले निकै प्रभाव पार्ने गर्छ । यो वर्ष बजारका लागि सकारात्मक मौद्रिक नीति आउनेमा लगानीकर्ता आशावादी छन् ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?