काठमाडौँ । पछिल्लो केही साता यता शेयर बजारमा उत्साह छाएको छ । बजारमा उंमग बढेसँगै नेप्से सूचक बढेको हो । गत साता २४२४.३२ विन्दुमा बन्द भएको नेप्से, यस साता ५.९३ प्रतिशत अर्थात् १४३.८१ अंक बढेर २५६८.१३ विन्दुमा पुगेर बन्द भएको हो ।
यस साता ५ कारोबार दिनमध्ये ४ कारोबार दिन नेप्से बढेको थियो भने एक कारोबार दिन (बुधवार) नेप्से घटेको थियो। यस साता सेन्सेटिभ इण्डेक्स ५.४८ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स ६.०६ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ५.७२ प्रतिशत बढेको छ।
त्यस्तै यस साता दैनिक औषत कारोबार रकम पनि बढेको छ। गत साता दैनिक औषतमा १० अर्ब ६२ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस सातामा भने १४ अर्ब ७२ करोडको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ४ अर्ब १० करोड अर्थात् ३८.६४ प्रतिशत बढी हो।
यस साता नेप्सेको कुल बजार पुँजीकरण पनि करिब ५ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ३८ खर्ब ४६ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण, यस साता २ खर्ब २८ अर्ब रुपैयाँ बढेर ४० खर्ब ७४ अर्ब रुपैयाँ पुगेको छ।
त्यस्तैगरी यस साता १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ११.६७ प्रतिशत बढेको छ। गत साता ३३८१.४९ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता ३९४.६५ अंक बढेर ३७७६.१४ विन्दुमा बन्द भएको छ। यस साता विकास बैंक उपसमूहको परिसूचक भने सबैभन्दा कम २.८२ प्रतिशत बढेको छ।
यस साता नेपाल फाइनान्सको शेयर मूल्य सर्वाधिक ३९.२१ प्रतिशत बढेको छ। त्यस्तै, यस साता एशियन हाइड्रोपावरको शेयर मूल्य करिब साढे ३७ प्रतिशत बढेको छ भने बोटलर्स नेपाल ९तराई० को शेयर मूल्य करिब २५ प्रतिशत बढेको छ।
नेपाल स्टक एक्सचेन्ज ९नेप्से० को बजार पुँजीकरण ४० खर्ब ७४ अर्ब ८८ करोड ६० लाख रुपैयाँ रहेको छ ।

































