काठमाडौँ । गत साता २७४५.३६ विन्दुमा बन्द भएको नेप्से, यस साता ४.३१ प्रतिशत अर्थात् ११८.२२ अंक घटेर २६२७.१४ विन्दुमा झरेको छ।
यस साता भएको ५ कारोबार मध्ये ४ कारोबार दिन नेप्से घटेको छ भने एक कारोबारका दिन नेप्से बढेको छ । यस साता मङ्गलवार नेप्से परिसूचक करिब २६ अंक बढेको थियो। यस साता सेन्सेटिभ इण्डेक्स ४.२५ प्रतिशत घटेको छ भने फ्लोट इण्डेक्स ४.५८ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.४६ प्रतिशतले गिरावट आएको छ ।
यस साता दैनिक औषत कारोबारमा भने बढोत्तरी आएको छ । गत साता दैनिक औषतमा ५ अर्ब ३१ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ५ अर्ब ९९ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम १२.९१ प्रतिशत बढी हो।
https://aarthikvoice.com/archives/47257
नेप्सेसँगै यस साता कुल बजार पुँजीकरण पनि करिब साढे ४ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ४३ खर्ब ६५ अर्ब रहेको नेप्सेको कुल बजार पुँजीकरण, यस साता १ खर्ब ८७ अर्ब रुपैयाँ घटेर ४१ खर्ब ७७ अर्बमा झरेको छ।
यस साता १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये म्युचुअल फण्ड उपसमूहको परिसूचक सबैभन्दा कम ०.७५ प्रतिशत घटेको छ भने बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ५.२७ प्रतिशत घटेको छ। गत साता १६०८.२४ विन्दुमा बन्द भएको बैंकिङ्ग उपसमूहको परिसूचक, यस साता ८४.७८ अंक घटेर १५२३.४६ विन्दुमा झरेको छ।
यस साता पिपुल्स हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक १९.२५ प्रतिशत बढेको छ। त्यस्तै, यस साता कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्य करिब १४ प्रतिशत बढेको छ भने समृद्धि फाइनान्सको शेयर मूल्य साढे ११ प्रतिशत बढेको छ। कारोबारमा आएको इष्टर्न हाइड्रोपावरको शेयर मूल्य यस साता सर्वाधिक १५.७१ प्रतिशत घटेको छ।
































