काठमाडौं । सानिमा माई हाईड्रो लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवसम्मको वितरणयोग्य सञ्चित खुद मुनाफामध्येबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
लाभांश प्रस्तावसहितको विशेष अजेण्डा पारित गर्न कम्पनीले आगामी पुस २८ गते साधारण सभा समेत डाकेको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।
पुस ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको लाभांश पाउन र सभामा भाग लिन पाउनेछन् ।

































