National life

सानिमा रिलायन्स लाइफको नाफामा वृद्धि,अधिकांश सूचकमा मार्यो फड्को

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|३० कात्तिक २०८२, आइतबार
1.3kShares
सानिमा रिलायन्स लाइफको नाफामा वृद्धि,अधिकांश सूचकमा मार्यो फड्को
ncell

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ।

वित्तीय विवरणअनुसार कम्पनीले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा १४ करोड ९६ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। जुन अघिल्लो आवको भन्दा १२.५३ प्रतिशतले बढी हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

समिक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषमा २० अर्ब ८७ करोड ७१ लाख रुपैयाँ रहेको छ। जुन अघिल्लो आवको भन्दा ३४.१२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कोषमा १५ अर्ब ५६ करोड ६४ लाख रुपैयाँ थियो।

यस अवधिमा कम्पनीले १ अर्ब ८४ करोड ६३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो यही अवधिसम्म कम्पनीले १ अर्ब ५६ करोड ४९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन १७.९९ प्रतिशतले बढेको छ।

असोज मसान्तसम्ममा कम्पनीले १ अर्ब ७८ करोड २१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ५० करोड ३७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन १८.५२ प्रतिशतले बढेको छ।

यस समीक्षा अवधिसम्म कम्पनीको महाविपत्ति कोषमा १४ करोड ९२ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ४० करोड ६९ लाख रुपैयाँ रहेको छ भने अन्य इक्विटी २ करोड ६२ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म महाविपत्ति कोषमा १५ करोड ७४ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ३४ करोड २६ लाख रुपैयाँ र अन्य इक्विटीमा ८ करोड ९ लाख रुपैयाँ थियो।

चुक्तापुँजी ५ अर्ब १ करोड ४९ लाख रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) बढेर ११.९३ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १०.७४ रुपैयाँ थियो। पीई रेसियो ४९.१२ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ११०.५७ रुपैयाँ रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?