National life

सामुदायिक विद्यालयले भाडामा लगाएका सटर बन्द नगर्न उच्च अदालतको आदेश

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३१ जेठ २०८१, बिहिबार
648Shares
सामुदायिक विद्यालयले भाडामा लगाएका सटर बन्द नगर्न उच्च अदालतको आदेश
ncell

काठमाडौं । काठमाडौँ महानगरपालिकालाई उच्च अदालत पाटनले सामुदायिक विद्यालयका भाडामा लगाएका सटर तत्काल बन्द नगर्न अल्पकालीन अन्तरिम आदेश जारि गरेको छ ।

उच्च अदालतका न्यायाधीश लेखनाथ पौडेलको एकल इजलासले विद्यालयका भाडामा लगाएका सटरमा ताला नलगाउन काठमाडौँ महानगरपालिकालाई आदेश दिएको हो।

तुलसीप्रसाद अगस्तीले दर्ता गरेको निवेदन उपर अदालतले बिहीबार यस्तो आदेश दिएको हो। अदालतले यहिँ असार ७ गतेसम्म सटर बन्द नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साथै अदालतले छलफलका लागि महानगरलाई बोलाएको छ।

केहि दिनयता काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयले भाडामा लगाएका सटरमा ताला लगाइरहेको छ । महानगरले हालसम्म २७ विद्यालयका ३४० सटरमा ताला लगाइसकेको छ ।

यो समाचार शेयर गर्नुहोस्
648SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?