National life

सार्वजनिक बिदाका दिन पनि यी बैंकहरूले दिँदै छन् सेवा, कुन कुन शाखा छन् खुला ?

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|२० फागुन २०८२, बुधबार
1.5kShares
सार्वजनिक बिदाका दिन पनि यी बैंकहरूले दिँदै छन् सेवा, कुन कुन शाखा छन् खुला ?
ncell

काठमाडौं। प्रतिनिधि सभा सदस्य निर्वाचनको अवसरमा सरकारले सार्वजनिक बिदा घोषणा गरे पनि बैंकिङ सेवा भने पूर्ण रूपमा बन्द नहुने भएको छ। अत्यावश्यक वित्तीय कारोबारलाई निरन्तरता दिन अधिकांश वाणिज्य बैंकहरूले सीमित समयका लागि तोकिएका शाखा सञ्चालन गर्ने तयारी गरेका छन्।

फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा परे पनि आधारभूत आर्थिक गतिविधि अवरुद्ध हुन नदिन नेपाल राष्ट्र बैंकले बैंकहरूलाई आंशिक रूपमा सेवा सञ्चालन गर्न निर्देशन दिएको थियो। विशेष गरी सरकारी राजस्व संकलन, उम्मेदवार तथा राजनीतिक दलको निर्वाचन खर्चसम्बन्धी भुक्तानी र दैनिक नगद कारोबार प्रभावित हुन नदिन यस्तो व्यवस्था गरिएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कुन कुन बैंकले कुन कुन शाखाबाट दिँदैछन् सेवा ?

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले  निर्वाचन बिदाका दिन विभिन्न प्रदेशका शाखा कार्यालय खुला रहने जनाएको छ । कोशी प्रदेशको विराटनगर, मधेशको वीरगन्ज र जनकपुर, बागमती प्रदेशको दरबारमार्ग, सिपाडोल, पुल्चोक र ठमेल,

गण्डकीको पोखरा, लुम्बिनीको बुटवल तथा नेपालगञ्ज, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढी शाखाबाट सेवा उपलब्ध गराइने बैंकले जनाएको छ ।

त्यस्तै, नबिल बैंकले पनि निर्वाचन विदामा शाखा सञ्चालन गर्ने सूचना जारी गरेको छ । जस अनुसार यस बैंकले कोशी प्रदेशमा विराटनगर, बिर्तामोड, धरान, इटहरी र दमक कार्यालय सञ्चालनमा ल्याउने भएको छ ।

मधेशमा वीरगन्ज र जनकपुर पिडारीचोक, गण्डकीमा पोखरा, लुम्बिनीमा बुटवल, भैरहवा, नेपालगञ्ज धम्बोजी, सुदूरपश्चिममा धनगढी र कर्णालीमा सुर्खेत कार्यालय सञ्चालनमा ल्याउनेछ ।

नबिलले बागमती प्रदेशमा १० कार्यालय सञ्चालनमा ल्याउने जनाएको छ । यस बैंकले तीनधारा, ललितपुर, न्यूरोड, बिजुलीबजार, कुमारीपाटी, बौद्ध, महाराजगञ्ज, कौशलटार, नारायणगढ र हेटौँडा शाखा कार्यालय सञ्चालन गर्ने भएको छ ।

त्यस्तै,  प्रभु बैंकले ‘ब्रान्च ओपनिङ नोटिस अन इलेक्सन होलिडे’ जारी गर्दै देशका १३ शाखा सञ्चालनमा रहने जनाएको छ । बैंकले बबरमहलस्थित मुख्य कार्यालय, जनकपुर, पोखरा (रत्नचोक), इटहरी, कमलादी, विराटनगर, वीरगन्ज, ललितपुर, भक्तपुर, भैरहवा, नेपालगञ्ज, धनगढी तथा थानकोट शाखाबाट सेवा उपलब्ध हुने जनाएको छ ।

कृषि विकास बैंकले बिदाको दिन बिहान १०ः०० बजेदेखि दिउँसो १ः३० बजेसम्म विभिन्न स्थानमा रहेका शाखा कार्यालयहरू खुला राख्ने जनाएको छ । बैंकका अनुसार कोशी प्रदेशको कञ्चनबारी र धरान, मधेशको बर्दिबास र सिमरा, बागमतीको जोरपाटी, लगनखेल, रत्नपार्क, लगनखेल र उपत्यका बाहिर नारायणगढ तथा कान्तीराजपथ (हेटौँडा) सञ्चालन गर्नेछ ।

यसबाहेक बैंकले पोखरा, पालुङटार र हुवास, भैरहवा, खस्यौली, धम्बोझी, कोहलपुर, सुर्खेत, धनगढी र दोधाराचाँदनी शाखाहरूबाट सेवा दिनेछ ।

नेपाल एसबीआई बैंकले पनि बिदाको दिनमा ग्राहकलाई सेवा दिने तालिका सार्वजनिक गरेको छ । बैंकको विराटनगर, बिर्तामोड, जनकपुर, विरगञ्ज, दरबारमार्ग, टेकु, सिर्जना चोक, पोखरा, बुटवल, भैरहवा, सुर्खेत र धनगढी लगायतका मुख्य शाखाहरू खुला रहनेछन् ।

कोशी प्रदेशमा हनुमानदास रोड, गाईघाट, धुलाबारी, तीनपैनी, इटहरी, धरान, इनरुवा र ट्राफिक चोक ९विराटनगर० र मधेश प्रदेशमा वीरगन्ज, लहान, जनकपुर, गोलबजार, मिर्चैया र लालबन्दी कार्यालय सञ्चालन हुनेछन् ।

बैंकले बागमती प्रदेशमा कान्तिपथ, न्युरोड, कुलेश्वर, धापासी, ठमेल, नारायणगढ, मध्य–बानेश्वर, कमलादी, हेटौँडा, चाबहिल चोक, पानीपोखरी, त्रिपुरेश्वर, गोंगबु, कोटेश्वर, कलंकी, अनामनगर, टाँडी, सूर्यविनायक, जावलाखेल, बनेपा, थानकोट, सुकेधारा, चारखाल (डिल्लीबजार), पनौती, शंखमुल र इमाखेल ९थानकोट० कार्यालय सञ्चालन गर्ने जनाएको छ ।

यसबाहेक बैंकले बागलुङ, र पोखरा बुटवल, नेपालगन्ज, भैरहवा, घोराही, सुर्खेत, टिकापुर, अत्तरिया, क्याम्पस चोक (धनगढी) र महेन्द्रनगर कार्यालय सञ्चालन गर्ने बैंकले जनाएको छ ।

एनआईसी एशिया बैंकले काठमाडौंको न्यूरोड खिचापोखरी, थानकोट, नारायणगढ, कमलादी, पुल्चोक, भक्तपुर, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढी कार्यालयबाट सेवा दिने जनाएको छ ।

त्यस्तै,  ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरूको सुविधाका लागि देशका विभिन्न स्थानमा शाखा कार्यालयहरू सञ्चालनमा ल्याउने जनाएको छ । बैंकले एक सूचना जारी गर्दै बुधवार सातै प्रदेशका तोकिएका शाखाहरू खुला रहने जानकारी दिएको हो ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?