काठमाडौँ । सार्वजनिक यातायात सेवा बन्द भएकोप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आयोगले विज्ञप्ति सार्वजनिक गर्दै आजदेखि यातायात व्यवसायीहरूले देशव्यापी रूपमा सेवा ठप्प पारेकोप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । यातायात बन्द गर्दा सर्वसाधारणले भोग्नुपरेको समस्याप्रति चिन्ता व्यक्त गर्दै आयोगले विरोधका वैकल्पिक उपाय खोज्न यातायात व्यवसायीहरूलाई अनुरोध गरेको छ ।
यस्तै आयोगले कानुन निर्माण गर्दा सरोकार राख्ने पक्षसँग पर्याप्त छलफल गर्न र पेशा व्यवसाय सञ्चालनमा देखिएका समस्या वार्तामार्फत समाधान गर्न सरकारको समेत ध्यानाकर्षण गराएको छ।







































