National life

साल्ट ट्रेडिङले मनायो ६२ औं वार्षिक उत्सव,आम उपझोक्ताको सेवामा सत्रिय रहने प्रतिवद्धता

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ भदौ २०८१, बिहिबार
1.4kShares
साल्ट ट्रेडिङले मनायो ६२ औं वार्षिक उत्सव,आम उपझोक्ताको सेवामा सत्रिय रहने प्रतिवद्धता
ncell

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले आफ्नो ६२ औँ वार्षिकोत्सव मनाएको छ । बिहिवार एक समारोह आयोजना गर्दै वार्षिक उत्सव सम्पन्न गरेको हो ।

उक्त समारोहको सम्बोधन गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले कर्पोरेशनको भूमिकाका कारण केहि वस्तु बजारमा अभाव नै नभएको बताए । वस्तु अभाव होला भन्ने डर सरकारलाई रहेको अवस्थामा साल्ट ट्रेडिङ सुन्ने वित्तिकै ढुक्क हुने अवस्था रहेको मन्त्री भण्डारीको आशय थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले भने, ‘ केहि कुरा सर्टेज हुदाँ साल्ट ट्रेडिङ आम उपभोक्ता र सरकारको साथमा छ भन्ने अनुभुती हुने गरि काम गर्दै कृतिम अभावलाई समाधन गर्ने सवालमा पनि कर्पोरेशनले साथ दिदै जाने विश्वास छ।’

उनले ट्रेड युनियनहरुले व्यवसायिक विकासका लागि योगदान दिन सके संस्थागत विकासले अझ गति लिने मन्त्री भण्डारीले बताए । उनले नीतिगत रुपमा पनि कर्पोरेशनको सबलिकरणमा सरकारले कार्ययोजना सहित अघि बढने जानकारी पनि गराए ।

मन्त्रीले थपे ,‘नयाँ प्लान ल्याएर नेपाली बजारको एउटा विश्वसनीय आधार साल्ट ट्रेडिङलाई बनाउनुपर्छ । त्यसका लागि ठोस कार्ययोजना अघि बढोस् । हाम्रो मन्त्रालयको सुधार कार्ययोजनाभित्र पनि साल्ट ट्रेडिङलाई एउटा कम्पोनेन्ट मानेका छौं ।’

वार्षिक उत्सव समारोहमा साल्ट ट्रेडिङका अध्यक्ष प्रदिपलाल श्रेष्ठले यस संस्थाले दैनिक उपभोग्य सामाग्रीहरुको गुणस्तरीय एवम् सुपथ मूल्यमा सर्वसाधारण सेवा दिइरहेको बताए ।

साल्ट ट्रेडिङ कर्पोरेशन (एसटीसी)की प्रमुख कार्यकारी अधिकृत (सीईओ) उर्मिला श्रेष्ठले मुलुकमा आइपरेको जुनसुकै विषम् परिस्थितिमा पनि एसटीसीले आफ्नो सेवाप्रवाहमा कुनै कमी नल्याएको बताएकी छिन् ।

सीईओ श्रेष्ठले राष्ट्रमा आइपर्ने जस्तोसुकै विषम् परिस्थितिमा पनि कर्पोरेशनले उपभोक्ताको घर दैलोमा सेवा पुर्‍याउने यात्रालाई निरन्तरता दिँदै आएको बताएकी हुन् ।

कर्पोरेशनले आफ्नो सेवा प्रारम्भ गर्दादेखि नै सुपथ मूल्य, गुणस्तरीयता एवम् सर्वसुलभतालाई मूलमन्त्रको रुपमा लिँदै त्यही मूल्य र मान्यता अनुसार आम उपभोक्ताका लागि सेवा प्रवाह गर्दै आएको चर्चा गर्दै सोही मूल्य र मान्यतालाई निरन्तरता दिन अझ प्रभावकारी रुपमा आम उपझोक्ताको सेवामा सत्रिय रहने प्रतिवद्धता पनि व्यक्त गरेकी छिन् ।

‘कर्पोरेशनले आमजनता तथा समस्त उपभोक्ताका लागि अति आवश्यक वस्तु नुनलगायत दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने लक्ष्य लिई सेवाको ६ दशक भन्दा बढी समय पूरा गरेको छ । राष्ट्रमा आइपर्ने जस्तोसुकै विषम् परिस्थितिमा पनि कर्पोरेशनले उपभोक्ताको घर दैलोमा सेवा पुर्‍याउने यात्रालाई निरन्तरता दिएको छ,’ सीईओ श्रेष्ठले भनिन् ।

वार्षिक उत्सवको अवसरमा सालट ट्रेडिङले लक्ष्मीदास मानन्धर बाल हितकारी पुरस्कारबाट मानव कल्याण समाज, पनौती, काभ्रेपलाञ्चोकलाई ताम्रपत्रसहित १ लाख नगद प्रदान गरिएको छ ।

कर्पोरेशनको वृद्धि विकासमा योगदान पुयाएका अग्रजहरुको नाममा पुरस्कार र छात्रवृत्ति समेत प्रदान गरेको छ । उत्कृष्ठ कर्मचारीहरुलाई समेत नगद र प्रमाणपत्र सहति सम्मान गरेको छ ।

 

 

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?