National life

सिंगापुरमा दुई अर्बपतिबीच भेटवार्ता, नेपालको रोजगारीका क्षेत्रबारे छलफल

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ वैशाख २०८२, मङ्गलबार
769Shares
सिंगापुरमा दुई अर्बपतिबीच भेटवार्ता, नेपालको रोजगारीका क्षेत्रबारे छलफल
ncell

काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी र सिङ्गापुरका चर्चित अर्बपति तथा माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सबिच भेटवार्ता भएको छ । त्यहाँ आयोजित फिलान्थ्रपी एसिया एलायन्स(२०२५ (पिएए) २०२५) को अवसरमा आज दुई अर्बपतिबीच भेटवार्ता भएको हो।

उक्त भेटवार्तामा नेपालको स्वास्थ्य सेवा र रोजगारी क्षेत्रका प्रमुख चुनौतीहरूबारे गम्भीर छलफल भएको चौधरी ग्रुपले जनाएको छ। उक्त भेटमा चौधरीले सन् २०७२ को विनाशकारी भूकम्पदेखि कोभिड–१९ महामारीसम्म र बालपोषणको क्षेत्रमा “बलियो नेपाल” अभियानमार्फत गरिएको साझेदारीका लागि गेट्स फाउन्डेसनप्रति आभार प्रकट गरेका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले नेपालको सामाजिक क्षेत्रमा बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनको दशकौँदेखिको सहकार्यलाई थप विस्तार गर्ने विषयमा छलफल भएको जानकारी दिए। सांसद समेत रहेका चौधरीले सोसियल मेडियामार्फत बिल गेट्स संगको साइडलाइन मिटिंगको तस्विर पोस्ट गर्दै उक्त जानकारी दिएका हुन्।

छलफलमा गेट्स फाउन्डेसनले विश्वका अन्य मुलुकहरूमा सफलतापूर्वक सञ्चालन गरेका स्वास्थ्य र रोजगारी सम्बन्धी कार्यक्रमहरू नेपालमा पनि सञ्चालन गर्न र त्यसलाई सन्दर्भअनुसार विस्तार गर्ने बिषयमा समेत छलफल भएको थियो।

२०७२ को भूकम्पपछि चौधरी ग्रुपको सामाजिक संस्था चौधरी फाउन्डेसनले तत्कालीन उद्दार तथा राहतका लागि सरकारको राहत कार्यक्रमलाई थप प्रभावकारी बनाउन सहयोग गर्नुकासाथै भूकम्प प्रभावित जिल्लाहरुमा स्रोत–साधन प्रयोग गरेर करिव तीन हजार भूकम्प प्रतिरोधी अस्थायी आवास निर्माण गरेको थियो। साथै विद्यालय पुनर्निर्माण, खाद्यान्न र पिउने पानी वितरणमार्फत प्रभावित समुदायलाई राहत पुर्‍याएको थियो।

 

यो समाचार शेयर गर्नुहोस्
769SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?