National life

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सम्पन्न गर्यो साधारण सभा,लाभांश प्रस्ताव अनुमोदन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० फागुन २०८०, बुधबार
669Shares
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सम्पन्न गर्यो साधारण सभा,लाभांश प्रस्ताव अनुमोदन
ncell

काठमाडौं । मर्जरमा गएको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले आफ्नो ३० औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सभा राजधानीस्थित भगवती बहाल लिसारा रिसेप्सनमा चलेको थियो।

उक्त सभाले आर्थिक वर्ष २०७९।८० का लागि प्रस्तावित चुक्तापुँजीको ११ प्रतिशत नगद लाभांश करसहित तथा कम्पनीको चुक्तापुँजी दुई अर्ब ८० करोड ६५ लाख ४९ हजार ९०० रुपैयाँको ११ प्रतिशतले हुन आउने ३० करोड ८७ लाख २० हजार ४८९ रुपैयाँ नगद लाभांश दिने पक्का गरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, सोही सभाले आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहित सदर गरेको छ । सञ्चालक समितिको प्रतिनिधित्व गर्दै आएका अध्यक्ष सुरेश लाल श्रेष्ठले कम्पनीको वार्षिक प्रतिवेदन पेश गरे ।

यता संस्थापक शेयरधनीहरुको तर्फवाट सुरेश लाल श्रेष्ठ , पवन कुमार अग्रवाल , राहुल अग्रवाल, राजन कृष्ण श्रेष्ठ र सर्वसाधारण शेयरधनीहरुको तर्फवाट सुमित कुमार केडिया, प्रभु कृष्ण श्रेष्ठ सञ्चालकको पदमा र्निविरोध निर्वाचित गरेको छ । नव निर्वाचित संचालकहरुको पद आगामी चार वर्षका लागि हुनेछ ।

यो समाचार शेयर गर्नुहोस्
669SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?