National life

सिद्धार्थ बैंकको करिब १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|२६ चैत २०८२, बिहिबार
1.3kShares
सिद्धार्थ बैंकको करिब १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा
ncell

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले २ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको करिब १० लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि ९ लाख ९४ हजार १६४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौको नक्सालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा रहेको कम्पनी सचिवका कार्यालयमा आफुले लिन चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
संस्थापक सेयरधनीले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?