National life
cg eloctronics

सुकुमवासी स्थानान्तरणपछि पाँच स्थानमा अस्थायी व्यवस्थापन, विवरण संकलन जारी

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|१८ वैशाख २०८३, शुक्रबार
1.6kShares
सुकुमवासी स्थानान्तरणपछि पाँच स्थानमा अस्थायी व्यवस्थापन, विवरण संकलन जारी
muktinatha bikash bank

काठमाडौँ । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट स्थानान्तरण गरिएका सुकुमवासीहरूलाई अस्थायी रूपमा बसोबास गराउने व्यवस्था पाँच फरक स्थानमा मिलाइएको छ। बल्खु, वंशीघाट, बालाजु, शंखमूललगायत क्षेत्रमा रहेका घरटहरा हटाइएपछि उनीहरूलाई वैकल्पिक व्यवस्थापनमा सार्ने प्रक्रिया अघि बढाइएको हो।

सरकारी योजनाअनुसार प्रभावित व्यक्तिहरूलाई ललितपुरको धापाखेलस्थित टेवा कार्यालय, भक्तपुरको खरिपाटीस्थित विद्युत् तालिम केन्द्र, बोडेस्थित कृषि विकास बैंक तालिम केन्द्र, नगरकोट खानेपानी तालिम केन्द्र र काभ्रेको बनेपास्थित रेडक्रस भवनमा अस्थायी रूपमा राखिने तयारी गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

यसअघि स्थानान्तरणको प्रक्रिया अघि बढाउनुअघि उनीहरूको विवरण संकलनका लागि दशरथ रंगशालामा दर्ता कार्य भइरहेको छ। हालसम्म ७२ जनाले स्वेच्छिक रूपमा पुगेर आफ्नो विवरण दर्ता गराएको जानकारी दिइएको छ।

रंगशालामा सहरी विकास तथा भवन निर्माण विभाग, काठमाडौं उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौं महानगर प्रहरीको संयुक्त टोलीले विवरण संकलनको काम गरिरहेको छ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?