काठमाडौँ । मङ्गलवारका दिन पनि सुनको बढ्दो मूल्यले निरन्तरता पाएको छ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ७१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।
यता, चाँदीको मूल्य प्रतितोला एक हजार ९७० रुपैयाँमा किनबेच भइरहेको छ।
सुनको मूल्य बढ्ने आधार कायम रहेका कारण सुनचाँदीको मूल्यमा थप वृद्धि आउने महासंघले जनाएको छ ।


































