काठमाडौँ । नेपाली बजारमा साताको दोस्रो दिन आज सुनको मूल्य बढेर नयाँ हालसम्मकै उच्चबिन्दुमा पुगेको छ! आज सुन तोलामा एक हजार ८०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सोमबार भने सुन तोलामा दुई लाख ७४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको थियो ।
यता, चाँदीको मूल्य तोलामा १४५ रुपैयाँले बढेर पाँच हजार १९५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।

































