National life

सुनचाँदी धितोमा ह्वात्तै बढ्यो कर्जा, पुससम्म बैंकबाट करिब १ खर्ब प्रवाह

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|२७ फागुन २०८२, बुधबार
1.4kShares
सुनचाँदी धितोमा ह्वात्तै बढ्यो कर्जा, पुससम्म बैंकबाट करिब १ खर्ब प्रवाह
ncell

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले सुनचाँदी धितो (गोल्ड लोन) शीर्षकमा झण्डै एक खर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन्।

नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंक तथा फाइनान्स कम्पनीहरूले सुनचाँदी धितोमा ९९ अर्ब ३० करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्। यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३० अर्ब ६० करोड ७० लाख रुपैयाँले बढी हो।

राष्ट्र बैंकको तथ्यांकअनुसार सो अवधिसम्म बैंकिङ क्षेत्रको कुल निक्षेप ७७ खर्ब २३ अर्ब ९९ करोड ५० लाख रुपैयाँ पुगेको छ भने कुल कर्जा प्रवाह ५७ खर्ब ८१ अर्ब ४५ करोड ५० लाख रुपैयाँ रहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत आर्थिक वर्षको सोही अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरूले ६७ खर्ब ३७ अर्ब ५८ करोड २० लाख रुपैयाँ निक्षेप संकलन गरी ५४ खर्ब २८ अर्ब ६२ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए। त्यतिबेला सुनचाँदी धितोमा मात्र ६८ अर्ब ६९ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो।

चालू आवको पुस मसान्तसम्म सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले मात्र ६९ खर्ब ५३ अर्ब ६८ करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरी ५१ खर्ब ३९ अर्ब १३ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्। यसमध्ये सुनचाँदी धितोमा मात्रै ९१ अर्ब ९४ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा २८ अर्ब ६९ करोड ६० लाख रुपैयाँले बढी हो। गत वर्ष सोही अवधिमा वाणिज्य बैंकहरूले ६३ अर्ब २४ करोड ७० लाख रुपैयाँ बराबरको गोल्ड लोन प्रवाह गरेका थिए।

त्यसैगरी, सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरूले चालू आवको पुस मसान्तसम्म ६ खर्ब ३२ अर्ब ३९ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ खर्ब ३६ अर्ब ९५ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्। यसमध्ये सुनचाँदी धितोमा ६ अर्ब ५२ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ, जुन गत वर्षको तुलनामा २ अर्ब १६ करोड ४० लाख रुपैयाँले बढी हो। गत वर्ष सोही अवधिमा विकास बैंकहरूले ४ अर्ब ३६ करोड ५० लाख रुपैयाँ बराबरको गोल्ड लोन दिएका थिए।

यता, सञ्चालनमा रहेका १७ वटा फाइनान्स कम्पनीहरूले चालू आवको पुस मसान्तसम्म १ खर्ब ३७ अर्ब ९१ करोड ६० लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५ अर्ब ३६ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्। यसमध्ये सुनचाँदी धितोमा ८३ करोड रुपैयाँ मात्र कर्जा प्रवाह भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा २१ करोड ६४ लाख रुपैयाँले कम हो। गत वर्ष सोही अवधिमा फाइनान्स कम्पनीहरूले १ अर्ब ८ करोड ३० लाख रुपैयाँ बराबरको गोल्ड लोन प्रवाह गरेका थिए।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?