National life

भारतको केन्द्रीय बैंकले एकै आर्थिक वर्षमा खरिद गर्‍यो ५७.५ टन सुन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ वैशाख २०८२, सोमबार
855Shares

काठमाडौं । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले (आरबीआई) सुन खरिदलाई निरन्तरता दिएको छ । आरबीआईले गत मार्चमा सकिएको आर्थिक वर्ष २०२४/२५ मा मात्रै ५७.५ टन खुद खरिद गरेको टाइम्स अफ इन्डियाले जनाएको छ । आरबीआईले खरिद गरेको उक्त परिमाणको सुन विगत ७ वर्षमा कुनै पनि आर्थिक वर्षमा गरिएको दोस्रो सर्वाधिक ठूलो परिमाणको खरिद हो ।

ncell
3 ad - 1
3 ad - 2
3 ad - 3

हाल विश्वव्यापी रूपमा नै केन्द्रीय बैंकहरूले सुन खरिदमा चासो दिइरहेका छन् । आरबीआईको सुन खरिद पनि उक्त विश्वव्यापी प्रवृत्तिसँग मेल खान्छ । सुनले डलर अस्थिर र कमजोर भएको अवस्थामा भरपर्दो सम्पतिको रूपमा काम गर्ने भएकाले त्यसको खरिदमा केन्द्रीय बैंकहरूको आकर्षण हुने गर्छ ।

आरबीआईले आफ्नो रिजर्भ व्यवस्थापन रणनीतिको एक भागको रूपमा डिसेम्बर सन् २०१७ देखि सक्रिय रूपमा सुन खरिद गरिरहेको छ । सन् २०२५ को मार्चसम्मको तथ्यांक अनुसार आरबीआईको रिजर्भमा ८७९.६ टन सुन रहेको छ । सन् २०२४ को सोही अवधिमा बैंकको रिजर्भमा ८२२.१ टन सुन थियो ।

आरबीआईले आर्थिक वर्ष २०२१/२२ मा हालसम्मकै सबैभन्दा धेरै उच्च ६६ टन सुन गरिद गरेको थियो । त्यसपछि आर्थिक वर्ष २०२२/२३ मा ३५ टन र २०२३/२४ मा २७ टन सुन खरिद गरेको थियो । सन् २०२४ को नोभेम्बरमा डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि डलरमा उच्च उतारचढाव हुन पुग्यो । यसले सुनको मागलाई अझै बढाएको हो ।

Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
855SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?