National life

सुरक्षित रहेका नेपालका बैंक तथा वित्तीय क्षेत्र माथि भ्रम फैलाउनेहरूमाथि कारबाही गर्न माग 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ माघ २०८१, शुक्रबार
661Shares
सुरक्षित रहेका नेपालका बैंक तथा वित्तीय क्षेत्र माथि भ्रम फैलाउनेहरूमाथि कारबाही गर्न माग 
ncell

काठमाडौँ । बैंकिङसँग सम्बन्धित संस्था नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै नेपालको बैंक तथा वित्तीय क्षेत्र सुरक्षित रहेको स्पष्ट पारेका छन्।

चार संघहरुले बैंकिङ्ग क्षेत्रमा भइरहेको अराजक गतिविधिहरू र सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सूचनाहरू प्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्ति मार्फत उल्लेख गरेको छ ।

संघहरुले नेपाल राष्ट्र बैंकको सुक्ष्म निगरानी र अन्तर्राष्ट्रिय बैंकिङ्ग सिद्धान्तहरूको पालना गर्दै बैंक तथा वित्तीय संस्थाहरूले प्रत्येक त्रैमासिक रूपमा वित्तीय विवरण सार्वजनिक गर्दै आइरहेको र जोखिम बहन गर्ने क्षमताका साथ यी संस्थाहरू सुरक्षित रहेको बताएका छन्। साथै, प्राकृतिक व्यक्तिका नाममा रहेको ५ लाखसम्मको निक्षेप नेपाल सरकारद्वारा स्थापना गरिएको निक्षेप तथा कर्जा सुरक्षण कोष मार्फत सुरक्षित रहेको स्मरण गराएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै संघहरुले आम–सर्वसाधारणलाई त्रसित पार्ने, समाज खलबलाउने, गलत र आपत्तिजनक अभिव्यक्ति दिने र ग्राहकलाई बैंकिङ्ग सेवा प्रयोग गर्ने अधिकारबाट वञ्चित गराउनेहरूलाई कानुनको दायरामा ल्याई आवश्यक कारबाही गर्न सरकारलाई आह्वान गरेका हुन् । त्यसका साथै, आम जनमानसलाई सामाजिक सञ्जालमा देखिने भ्रामक र गलत टिप्पणीप्रति कुनै ध्यान नदिन आग्रह गरिएको छ। संघहरुले केवल सम्बन्धित सरोकार निकायले सम्प्रेषण गरेको सूचना तथा समाचारलाई मात्र आधिकारिक रूपमा लिन सुझाव दिएका छन्।

संघहरुले गलत अभिव्यक्ति दिने, समाजमा त्रास फैलाउने र ग्राहकलाई बैंकिङ्ग सेवा प्रयोगबाट वञ्चित गराउने कार्यप्रति कडा कानुनी कारबाही गर्न सरकारलाई आग्रह गरेका छन्। साथै, बैंकिङ्ग क्षेत्रमा विश्वास कायम राख्दै सही सूचना पुऱ्याउन सहयोग गर्ने सञ्चार माध्यम र सरोकारवालाप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझै सुदृढ सेवा प्रदान गर्न प्रतिबद्ध रहेको उल्लेख गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
661SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?