National life

सेयर बजारको लगातार ओरालो यात्रा: उपसूचक राताम्य, खुम्चिँदै कारोबार

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ वैशाख २०८१, मङ्गलबार
692Shares
सेयर बजारको लगातार ओरालो यात्रा: उपसूचक राताम्य, खुम्चिँदै कारोबार
ncell

काठमाडौँ । साताको तेस्रो कारोबारका दिन सेयर बजारमा गिरावट आएको छ । लगानीकर्ताको मनोबल उच्च बन्न नसक्दा शेयर बजारमा निरन्तरको गिरावट आएको हो ।

नयाँ वर्षको आगमन भएसँगै बजारले लगातार तीन कारोबारका दिन ओरालो यात्रा तय गरेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.८१ अकंले घटेर १९९१.७१ बिन्दुमा बन्द भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आज ३१२ कम्पनीको ५४ लाख ७१ हजार ६८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब १० करोड ३० लाख १९ हजार रुपैयाँको कारोबार भएको छ ।

मङ्गलवार १३ उपसूचक नै राताम्य भएका छन् । आज बैकिङ समूहको ०.४१ प्रतिशत, विकास बैंक समूहको ०.१९ प्रतिशत, फाइनान्स समूहको ०.४८ प्रतिशत, होटेल तथा पर्यटन समूहको ०.२८ प्रतिशतले शेयर मूल्य घटेको छ।

बजार ओरालो लागे पनि आज दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको हो । आज एसबिएल डिबेञ्चर २०८९ र गोर्खाज फाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

यो समाचार शेयर गर्नुहोस्
692SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?