National life

सेयर बजारबाट वाणिज्य बैंकहरुको कमाई ६ अर्ब बढी, तीन बैंक शीर्ष स्थानमा कुनको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ वैशाख २०८२, सोमबार
624Shares
सेयर बजारबाट वाणिज्य बैंकहरुको कमाई ६ अर्ब बढी, तीन बैंक शीर्ष स्थानमा कुनको कति ?
ncell

काठमाडौँ । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्मको अवधिमा सेयर बजारबाट ६ अर्ब ८८ करोड २४ लाख २८ हजार रुपैयाँ आम्दानी गरेका छन्। गत आवको तुलनामा यो आम्दानी ५५.६३ प्रतिशत बढी  हो। गत आवको तेस्रो त्रैमासमा बैंकहरुले ४ अर्ब ४२ करोड २२ लाख ८५ हजार रुपैयाँ आम्दानी गरेका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

समीक्षा अवधिमा नेपाल बैंक, सिटिजन र राष्ट्रिय वाणिज्य बैंकको यस्तो आम्दानी सबैभन्दा धेरै क्रमशः ४७७.१२ प्रतिशत, १६९.८६ प्रतिशत र १३०.१० प्रतिशत वृद्धि भएको छ । योसँगै यी बैंकहरुका यस्तो आम्दानी क्रमशः ४० करोड ३० लाख, २० करोड २९ लाख र ९ करोड १३ लाख रुपैयाँ कायम भएको छ।

साथै, रकमका आधारमा भने ग्लोबल आइएमई बैंकले सबैभन्दा धेरै ६५ करोड ८९ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आवको तुलनामा भने ४९.५२ प्रतिशत बढी हो। साथै, यस अवधिमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि ६९.२७ प्रतिशत बढाएर ५७ करोड ७ लाख रुपैयाँ पुर्याएको छ । रकमको आधारमा बैंक दोस्रो सूचीमा छ।

स्ट्याण्डर्ड चार्टर्डले ५५ करोड ६८ लाख, नबिलले ५४ करोड ६७ लाख रुपैयाँ आम्दानी गरेका छन्। यस्तै, हिमालयन बैंकले पनि ४७ करोड ९ लाख, सानिमाले ४४ करोड ४७ लाख, प्रभूले ४१ करोड ३६ लाख, एभरेष्टले ३८ करोड ९६ लाख, लक्ष्मी सनराइजले ३२ करोड ८८ लाख, एनएमबिले ३१ करोड ३७ लाख रुपैयाँ आम्दानी गरेका छन्।

साथै बाकी रहेका कृषि विकास बैंकले २८ करोड ९२ लाख, माछापुच्छ्रेले २५ करोड ७४ लाख, कुमारीले २५ करोड ५६ लाख, नेपाल एसबिआईले २० करोड ५१ लाख, सिद्धार्थले १९ करोड ४६ लाख, प्राइमले १७ करोड १ लाख, एनआइसी एशियाले ११ करोड ७८ लाख रुपैयाँ सेयर कारोबारबाट आम्दानी गरेका छन् ।

कुन बैैंकले कति कमाए तालिकामा हेर्नुहोस्

यो समाचार शेयर गर्नुहोस्
624SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?