National life

सेयर बजारमा कर बढ्यो, तर दोहोरो कर नलाग्ने अर्थमन्त्री डा. वाग्लेको स्पष्टिकरण

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|१७ जेठ २०८३, आइतबार
4.4kShares
सेयर बजारमा कर बढ्यो, तर दोहोरो कर नलाग्ने अर्थमन्त्री डा. वाग्लेको स्पष्टिकरण
ncell

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजारमा लागू गरिएको पूँजीगत लाभकर अन्तिम निर्णय भएको स्पष्ट पारेका छन्। बजेटपछिको पत्रकार सम्मेलनमा बोल्दै उनले यस विषयमा देखिएको अन्योल हटाउने प्रयास गरेका हुन्।

उनका अनुसार लगानीकर्ताहरूको सुझावका आधारमा करको दर समायोजन गरिएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
केही लगानीकर्ताहरूले करको दर स्थिर र दीर्घकालीन बनाइदिन आग्रह गरेपछि सोही अनुरूप व्यवस्था गरिएको उनले बताए।

अर्थमन्त्री वाग्लेले अन्य देशहरूको उदाहरण दिँदै नेपालमा करको दर अझै मध्यम स्तरमै रहेको उल्लेख गरे। उनका अनुसार करसम्बन्धी अनिश्चितता हटाउन सानो वृद्धि गरिएको हो।

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अल्पकालीन लगानीमा पूँजीगत लाभकर ७.५ प्रतिशतबाट १० प्रतिशत र दीर्घकालीन लगानीमा ५ प्रतिशतबाट ७.५ प्रतिशत पुर्‍याएको छ। यस निर्णयप्रति केही लगानीकर्ताले असन्तुष्टि जनाए पनि मन्त्रीले यसलाई स्थायित्वका लागि आवश्यक कदम भएको बताएका छन्।

त्यस्तै, उनले सेयर बजारबाहेक अन्य क्षेत्रबाट हुने आम्दानीमा लागू हुने कर तिर्नुपर्ने व्यवस्था यथावत रहेको स्पष्ट पारे। सेयर कारोबारबाट भएको आम्दानीमा भने दोहोरो कर लाग्ने कुनै सम्भावना नरहेको उनको भनाइ छ।

बजारमा फैलिएको भ्रमप्रति आश्चर्य व्यक्त गर्दै उनले आवश्यक परे नीतिमा सुधार गर्न सरकार तयार रहेको पनि संकेत गरेका छन्।
यो समाचार शेयर गर्नुहोस्
4.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?