काठमाडौं । यस साताको अन्तिम कारोबारका दिन सेयर बजारमा गिरावट आएको छ । केही दिन यता सुधार आएको सेयर बजारमा आज ओरालो लागेको हो ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.३१ अकंले घटेर १९९८.९६ बिन्दुमा बन्द भएको छ।
उक्त दिन कारोबारमा आएका ३०८ कम्पनीको ९४ लाख ४ हजार १२५ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८ करोड ३९ लाख ६७ हजार रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै आज ११ उपसूचक राताम्य भएका छन् । माइक्रोफाइनान्स समूह र व्यापार समूहको शेयर मूल्यमा मात्र सुधार देखिएको छ । बिहिबार बैंकिङ समूह ०.८२ प्रतिशत, विकास बैंक समूहको २.०३ प्रतिशत, फाइनान्स समूहको ०.४६ प्रतिशतले शेयर मूल्य घटेको हो ।
आज समता घरेलु लघुवित्त, इन्फिनीटि लघुवित्त र साधाना लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ ।


































