National life

सेयर बजारमा दोहोरो अंकको बढोत्तरी : सबै उपसूचक हरियाली

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ जेठ २०८२, मङ्गलबार
462Shares
सेयर बजारमा दोहोरो अंकको बढोत्तरी : सबै उपसूचक हरियाली
ncell

काठमाडौँ। साताको तेस्रो कारोबार दिन आज सेयर बजारमा दोहोरो अंकको बढोत्तरी आएको छ। उक्त दिन बजार २६.२४ अंकले बढेर २६७९.२४ को विन्दुमा कायम भएको हो।

Royal Enfield
nic asia capital

आज नेप्सेमा कारोबार भएको ३११ कम्पनीको २ करोड ३६ लाख ९७ हजार १४५ कित्ता शेयर किनबेच हुँदा १० अर्ब १६ करोड ९ लाख ८१ हजार रुपैयाँको कारोबार भएको छ।  आज बजारमा वृद्धि हुँदा सबै उपसूचक हरियाली भएको छ।

यसदिन कारोबार भएका सम्पूर्ण इन्डेक्समा हरियाली छाएको छ । मङ्गलवार कारोबार भएको १९६ वटा कम्पनीको सेयर मूल्यमा हरियाली छाएको छ । आज दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

उक्त दिन सबैभन्दा बढी एचआइडिसिएल संस्थापक सेयरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ५८ करोड ४९ लाख ५३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको अरुण काबेली पावरको ५३ करोड १३ लाख ५७ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै उक्त दिन राधी विद्युत् कम्पनीको ४६ करोड ५६ लाख ६६ हजार रुपैंया, सानिमा माइ हाइड्रोपावरको ४४ करोड ६९ लाख ९३ हजार रुपैयाँ, ङादी ग्रुप पावरको ४२ करोड ५८ लाख ९४ हजार रुपैयाँको कारोबार भएको हो ।

यो समाचार शेयर गर्नुहोस्
462SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?