काठमाडौं । साताको अन्तिम कारोबार दिन आज सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । बिहीबार बजार ५.६३ अंकले बढेर १९६६ को विन्दुमा कायम हुन पुगेको छ ।
आज ३१३ कम्पनीको ७० लाख ५८ हजार ३९९ कित्ता शेयर कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १२ करोड १२ लाख ८६ हजार रुपैयाँको कारोबार भएको छ ।
आज १० उपसूचकमा हरियाली आएको छ । बिहिबार बैंकिङ समूहको ०.४६ प्रतिशत, विकास बैंक समूहको ०.७९ प्रतिशत, फाइनान्स समूहको ०.६६ प्रतिशत, होटल तथा पर्यटन समूहको ६.९६ प्रतिशत, हाइड्रोपावर समूहको ०.२१ प्रतिशतले बढेको हो ।
आज सबैभन्दा बढी नेपाल फाइनान्सको सर्वाधिक सेयर कारोबार भएको छ । कम्पनीको १६ करोड ९७ लाख १६ हजार रुपैया बराबरको कारोबार भएको छ ।
त्यस्तै १४ करोड ४७ लाख ९२ हजार रुपैयाँ बराबरको सेयर खरिद सहित कारोबार रकमको आधारमा सोल्टी होटल दोस्रो स्थानमा रहेको छ ।
त्यस्तै उक्त दिन फस्र्ट माइक्रोफाइनान्स लघुवित्तको ९ करोड ६६ लाख ४२ हजार रुपैयाँ, पोखरा फाइनान्सको ९ करोड ५९ लाख ९५ हजार रुपैयाँ कारोबार भएको हो ।



































