National life

सेयर बजारमा सुधार: सबैभन्दा बढी कारोबार गर्नेमा सोनापुर र शिभम् सिमेन्ट

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ फागुन २०८०, मङ्गलबार
685Shares
सेयर बजारमा सुधार: सबैभन्दा बढी कारोबार गर्नेमा सोनापुर र शिभम् सिमेन्ट
ncell

काठमाडौं । लामो समयको निराशालाई छिचोल्दै साताको तेस्रो कारोबार दिन सेयर बजारमा सुधार आएको छ ।

आज मंगलबार बजार ९.३४ अंकले बढेर २००१ को विन्दुमा कायम हुन पुगेको छ। आज सेयर बजारमा सुधार आउँदा बोटलर्स नेपाल (बालाजु) र बिपीडब्लु लघुवित्तको सेयरमा सकरात्मक सर्किट लाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यसैगरी साम्लिङ पावर कम्पनीको ९.२६ प्रतिशत, बोटलर्स नेपाल तराईको ८.७२ प्रतिशत, गुराँस लघुवित्तको ८ प्रतिशतले सेयर मूल्य बढेको छ । शेयर बजारमा आज आज ३०८ कम्पनीको ५२ लाख ३९ हजार ४१६ कित्ता सेयर किनबेच भएको छ त्यसमध्यमा सबैभन्दा बढी सोनापुर मिनरल्सको सेयर कारोबार भएको छ ।

आज कम्पनीको १४ करोड १५ लाख २४ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको शिभम् सिमेन्टको ८ करोड २८ लाख ९५ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै उक्त दिन हिमालयन रिइन्स्योरेन्सको ६ करोड २८ लाख ४८ हजार रुपैयाँ, घोराही सिमेन्टको ४ करोड ९४ लाख ८१ हजार रुपैयाँ र हिमालयन डिस्टीलरीको ३ करोड ५८ लाख ६८ हजार रुपैयाँको कारोबार भएको हो।

यो समाचार शेयर गर्नुहोस्
685SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?