National life

सेयर बजारमा सुधार, १६२ कम्पनीको मूल्य बढ्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२२ वैशाख २०८३, मङ्गलबार
2.1kShares
सेयर बजारमा सुधार, १६२ कम्पनीको मूल्य बढ्यो
ncell

काठमाडौं। मंगलबार सेयर बजारमा सुधार देखिएको छ। आज नेप्से परिसूचक ८.७८ अंकले उकालो लाग्दै २७१२.८६ विन्दुमा पुगेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कारोबार रकमतर्फ हेर्दा ७७ लाख ३४ हजार कित्ता सेयर किनबेच हुँदा कुल ३ अर्ब ४३ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

आजको बजारमा १६२ कम्पनीको सेयर मूल्य बढेको देखिएको छ भने ९० कम्पनीको मूल्य घटेको छ। १६ कम्पनीको मूल्य भने यथावत् रहेको छ।

कारोबारका आधारमा सोलु हाइड्रोपावर अग्रस्थानमा रहेको छ, जसको २३ करोड ५७ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।

यसैगरी रिलायन्स स्पिनिङ मिल्समा १२ करोड ७८ लाख, नेशनल हाइड्रोपावरमा ११ करोड ५२ लाख, आँखुखोला जलविद्युतमा ८ करोड १५ लाख र पाल्पा सिमेन्टमा ७ करोड ३७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

यो समाचार शेयर गर्नुहोस्
2.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?