National life

सेयर बजारमा हरियाली छायो, नेप्से ३० अंकले उकालो

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|०६ जेठ २०८३, बुधबार
1.7kShares
सेयर बजारमा हरियाली छायो, नेप्से ३० अंकले उकालो
ncell

काठमाडौं । साताको मध्य कारोबार दिन सेयर बजारमा उल्लेखनीय सुधार देखिएको छ। बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढ्दै २७५४.४८ विन्दुमा पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा ३०.०८ अंकको वृद्धि हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज कुल १ करोड ६ लाखभन्दा बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ३ अर्ब ८२ करोड रुपैयाँ नाघेको छ, जसले बजारमा सक्रियता बढेको संकेत गर्छ।

कारोबारमा अधिकांश कम्पनीहरूको प्रदर्शन सकारात्मक रह्यो। २४८ कम्पनीको सेयर मूल्य बढ्दा २१ कम्पनीको मात्र घटेको छ भने एक कम्पनीको मूल्य स्थिर रह्यो।

विशेषगरी जलविद्युत् क्षेत्रमा लगानीकर्ताको आकर्षण देखिएको छ। अप्पर लोहोरे खोला हाइड्रोपावरको सेयर मूल्य करिब १५ प्रतिशतले उकालो लाग्दा माउन्टेन हाइड्रोपावरको सेयर पनि झण्डै १२ प्रतिशतले वृद्धि भएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?