काठमाडौँ। साताको तेस्रो कारोबारका दिन आज शेयर बजारको बढोत्तरीले निरन्तरता पाएको छ । बजारले लामो समयदेखि कायम रहेको निराशा चिर्दै गएको कारण लगानीकर्ताको आत्मविश्वास बढाएको छ ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.८० अकंले बढेर २७७५.८५ बिन्दुमा कायम भएको छ।
शेयर बजार बढेसँगै सात उपसूचकमा हरियाली आएको छ। आज फाइनान्स समूहको १.३९ प्रतिशत, हाइड्रोपावर समूहको १.८५ प्रतिशत र जीवन बीमा समूहको १.५२ प्रतिशतले बढेको हो।
अधिक तरलताका कारण अहिले मुद्दती निक्षेपमा समेत निकै कममात्र ब्याज पाइने भएकाले निक्षेपकर्ताहरू विकर्षसित भइरहेको अवस्था छ । यसको प्रत्यक्ष फाइदा सेयर बजारले उठाउन सक्ने देखिन्छ । सेयर बजारसँग प्रत्यक्ष जोडिएका नीतिनियमहरुलाई पनि सहज पार्ने काम भइरहेका छन् ।
त्यस्तै, सेयर बजारमा हालका सुधार र सकारात्मक प्रवृत्तिहरूका आधारहरू पनि मजबूत देखिएका छन्। पहिलो, बैंक ब्याजदर घटेको र बैंकिङ प्रणालीमा अधिक तरलता रहेको अवस्था छ, त्यसकारणपनि सेयर बजारमा सकारात्मक माहोल सिर्जना गर्न अधिक सम्भावना चुलिएको छ ।
उक्त दिन बजारमा बढोत्तरी आउँदा दिव्यश्वरी हाइड्रोपावर, इङ्वा हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर, सुपर मादी हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ ।
आज बजार बढेसँगै सबैभन्दा बढी ङादी ग्रुप पावरको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको २७ करोड ७४ लाख ३७ हजार रुपैया बराबरको कारोबार भएको हो । त्यस्तै, जानकी फाइनान्स कम्पनीको करोड २६ लाख ५१ लाख ८५ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
































