National life

सेयर बजार पुन: २७ सयको बिन्दुमा ओर्लियो, कारोबार ६ अर्बमा सीमित

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ चैत २०८१, आइतबार
889Shares
सेयर बजार पुन: २७ सयको बिन्दुमा ओर्लियो, कारोबार ६ अर्बमा सीमित
ncell

काठमाडौं । सेयर बजार आइतबार फेरि घटेको छ। शुक्रबार दोहोरो अंकले बढेको बजार आइतबार पुनः ओरालो लागेको हो।

यस दिन नेप्से सूचक २१.६३ विन्दुले घटेर २७१४.८५ अंकमा आएर अडिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आज ३१६ कम्पनीको १ करोड ३९ लाख ७४ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ८३ करोड ६६ लाख रुपैयाँमा सीमित भएको छ ।

आज व्यापार समूह बाहेक अन्य १२ वटै उपसूचक राताम्य भएका छन्। आज विकास बैंक समूहको सर्वाधिक २.२५ प्रतिशतले शेयर मूल्य घटेको छ । यसअघि इन्ट्रा डे कारोबारमा २९ सयभन्दा माथि पुगेको बजार आइतबार घटेर २७ सयको लेबलमा आएको छ ।

सूचक फराकिलो अंकले घट्दा कारोबार रकम पनि न्यून बन्दै गएको छ । कारोबार रकम गत साताको अन्तिम कारोबार दिनको तुलनामा भने केही बढेको हो। बजारमा घटबढ भइरहन्छ । यो सेयर बजारको स्वभाविक र नियमित प्रक्रिया हो । तर समग्रमा भने बजार बुल रनमै रहेकोमा धेरैको सहमति छ ।

त्यसो त चैतका लागि पनि अधिकांश बैंकहरुले ब्याजदर स्थिर राखेका छन् । केहीले घटाएका पनि छन् । यसआधारमा ब्याजदर निकै तल्लो विन्दुमा छ । प्रणालीमा अधिक तरलताको अवस्था छ । केन्द्रीय बैंकले निरन्तरजसो बजारबाट पैसा तानिरहेको छ । यी कुराहरुले अन्ततः सेयर बजारमा सकारात्मक प्रभाव पार्न सक्ने अनुमान गर्न सकिन्छ ।

 

यो समाचार शेयर गर्नुहोस्
889SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?