National life
cg eloctronics

सोलुखुम्बुको थामे गाउँमा बाढी, हिमताल फुटेको हुन सक्ने आशंका

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३२ साउन २०८१, शुक्रबार
572Shares
सोलुखुम्बुको थामे गाउँमा बाढी, हिमताल फुटेको हुन सक्ने आशंका
ncell

काठमाडौँ। शुक्रवार दिउँसो सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी आएको छ। भोटेकोशीको सहायक खोला (थामे) मा आएको बढीले खुम्बु पासाङल्हामू गाउँपालिका वडा-५ मा पर्ने थामे गाउँ नराम्ररी प्रभावित भएको स्थानीयको भनाई छ।

अचानक आएको भीषण बाढीको कारण माथिल्लो भेगमा रहेको हितताल फुटेको हुनसक्ने स्थानीयको आकलन रहेको छ । हालसम्म ‘हिम पहिरो हो कि हिमताल फुटेको यकिन भई नसकेको प्रमुख जिल्ला अधिकारी देवी पाण्डेको भनाई छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

पाण्डेले आधिकारी रूपमा ठ्याक्कै यो हो भन्ने सूचना नआएको कारण सञ्चारमाध्यमले त्रसित बनाउनेतर्फ भन्दा पनि सुरक्षित र सही सूचना प्रवाह गर्दै मानवीय क्षति नहुने तर्फ सजग बनाउनुपर्नेमा ध्यान दिनु पर्ने बताएका छन् ।

हालसम्म कुनै पनि मानवीय क्षतिबारे जानकारी नआएको र निरन्तर रूपमा सम्पर्कको निमित्त प्रयास भइरहेको पाण्डेले जानकारी दिएका छन् । सामाजिक सञ्जालमा आएका भिडियोहरूमा भने बस्तीहरू नै जोखिम पर्ने गरी बाढी मच्चिएर आएको देखिएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
572SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?