National life

स्नो रिभर्सको आईपीओ बाँडफाँड: ३५ गुणाभन्दा बढी आवेदन, अधिकांश लगानीकर्ता खाली हात

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|१२ जेठ २०८३, मङ्गलबार
1.3kShares
स्नो रिभर्सको आईपीओ बाँडफाँड: ३५ गुणाभन्दा बढी आवेदन, अधिकांश लगानीकर्ता खाली हात
ncell

काठमाण्डौ । स्नो रिभर्स लिमिटेडको प्राथमिक शेयर (आईपीओ) बाँडफाँड सम्पन्न भएको छ। कम्पनीले वैशाख २९ देखि जेठको सुरुवाती दिनसम्म आवेदन खुला गरेको उक्त आईपीओ आज बिक्री प्रबन्धक सानिमा क्यापिटल मार्फत वितरण गरिएको हो।

सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरमा ७ लाख ७८ हजार १२५ कित्ता शेयर निष्कासन गरिएको थियो। तर माग अत्यधिक भएकाले शेयर बाँडफाँड गोलाप्रथा विधिबाट गरिएको क्यापिटलले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आईपीओमा अपेक्षाभन्दा निकै बढी, करिब ३५.२९ गुणा आवेदन परेको थियो। कुल २५ लाख ५७ हजारभन्दा बढी आवेदकको आवेदन स्वीकृत हुँदा करिब २ करोड ७४ लाखभन्दा बढी कित्ताका लागि माग परेको थियो।

बाँडफाँडमा ७७ हजार ८१२ जना आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। बाँकी ५ कित्ता शेयर भने थप ५ जनालाई १/१ कित्ताका दरले वितरण गरिएको छ।

उच्च प्रतिस्पर्धाका कारण ठूलो संख्यामा आवेदन दिने लगानीकर्ताहरू भने शेयर पाउनबाट वञ्चित भएका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?