National life

स्वास्थ्य बीमा दिगो बनाउन बोर्डको आग्रह, अनावश्यक परीक्षण रोक्न निर्देशन

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|१३ माघ २०८२, मङ्गलबार
1.2kShares
स्वास्थ्य बीमा दिगो बनाउन बोर्डको आग्रह, अनावश्यक परीक्षण रोक्न निर्देशन
ncell

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रमको दिगोपना र प्रभावकारी सञ्चालनका लागि सबै सेवाग्राही तथा सेवा प्रदायकहरूलाई जिम्मेवार भूमिका निर्वाह गर्न स्वास्थ्य बीमा बोर्डले आग्रह गरेको छ। बोर्डले ‘स्वास्थ्य बीमाको सही सदुपयोग गरौं’ भन्ने सन्देशसहित अनावश्यक परीक्षण तथा बीमाको दुरुपयोग रोक्न सार्वजनिक अपिलसमेत जारी गरेको छ।

बोर्डका अनुसार स्वास्थ्य बीमा कार्यक्रममार्फत दैनिक करिब ५० हजार नागरिकले सेवा लिइरहेका छन् भने औसतमा दैनिक ८ करोड रुपैयाँ बराबरको स्वास्थ्य खर्चको जोखिमबाट नागरिकलाई संरक्षण गरिएको छ। सीमित स्रोतसाधनका बीच कार्यक्रमलाई दीगो बनाइराख्न सबै पक्षको सहयोग अपरिहार्य रहेको बोर्डको भनाइ छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस सन्दर्भमा बोर्डले सेवाग्राहीहरूलाई चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि अनावश्यक परीक्षणका लागि दबाब नदिन र बीमाको दुरुपयोग नगर्न अनुरोध गरेको छ। साथै, सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई पनि औचित्यका आधारमा मात्र चेकजाँच, प्रयोगशाला परीक्षण तथा उपचार सेवा प्रदान गर्न निर्देशन दिएको छ। बोर्डले जारी गरेका निर्देशिका, कार्यविधि तथा परिपत्रहरूको पूर्ण रूपमा कार्यान्वयन गर्न सेवा प्रदायक संस्थालाई आग्रह गरिएको छ।

यद्यपि, लामो समयदेखि भुक्तानी हुन नसकेको भन्दै त्रिवि शिक्षण अस्पताल, गंगालाल हृदय केन्द्रलगायत केही अस्पतालले स्वास्थ्य बीमा सेवा बन्द गरेका छन्। यस विषयमा बोर्डले सेवा पुनः सुचारू गर्न निरन्तर पहल भइरहेको जानकारी दिएको छ।

स्वास्थ्य बीमा ऐन, २०७४ तथा नियमावली, २०७५ अनुसार सञ्चालन भइरहेको यस कार्यक्रमले नेपालमा सर्वव्यापी स्वास्थ्य पहुँच विस्तार गर्न र दिगो विकास लक्ष्य हासिल गर्न महत्वपूर्ण भूमिका खेल्ने लक्ष्य राखेको छ। सामाजिक ऐक्यबद्धताको सिद्धान्तअनुसार वित्तीय सुरक्षा सुनिश्चित गर्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न बोर्डले अधिकतम प्रयास गरिरहेको जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?