National life

हालसम्म २२ बीमा कम्पनीको लाभांश घोषणा, कुन कम्पनीले कति दिदैछन् बोनश ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ असार २०८२, शुक्रबार
939Shares
हालसम्म २२ बीमा कम्पनीको लाभांश घोषणा, कुन कम्पनीले कति दिदैछन् बोनश ?
ncell

काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ का लागि हालसम्म २२ वटा बीमा कम्पनीले आफ्ना लाभांश घोषणा गरेका छन्। त्यसमध्येमा ११ वटा जीवन बीमा कम्पनी र ११ वटा निर्जीवन बीमा कम्पनी छन्। सबै कम्पनीहरूले अघिल्लो वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेका हुन्।

लाभांश प्रस्ताव गरेका ११ वटा जीवन बीमा कम्पनीहरूमा एलआईसी नेपाल, नेशनल लाइफ, रिलायबल नेपाल लाइफ, प्रभु महालक्ष्मी लाइफ, एशियन लाइफ, हिमालयन लाइफ, सानिमा रिलायन्स लाइफ, सिटिजन लाइफ, आइएमई लाइफ, नेपाल लाइफ र सूर्य ज्योति लाइफ इन्स्योरेन्स रहेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

जस अनुसार एलआईसी नेपालले हाल कायम ५ अर्ब चुक्ता पुँजीमा १० प्रतिशत बोनस सेयर र ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले असार १६ गते बुक क्लोज गर्ने जनाएको छ। नेपाल लाइफले १० प्रतिशत बोनस र ११.०५ प्रतिशत नगद गरी २१.०५ प्रतिशत लाभांश दिने भएको छ।

त्यस्तै, सिटिजन लाइफले सबैभन्दा बढी २६.९८ प्रतिशत बोनस र १.४२ प्रतिशत नगद लाभांश गरी कुल २८.४ प्रतिशत घोषणा गरेको छ। यता, आइएमई लाइफले २१.०५ प्रतिशत नगद, सूर्य ज्योति लाइफले २० प्रतिशत नगद र हिमालयन लाइफले ८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेका छन्।

साथै, बाकी कम्पनीहरू एशियन, नेशनल, रिलायबल, प्रभु महालक्ष्मी र सानिमा रिलायन्सले बोनस र नगद मिलाएर ८ प्रतिशतदेखि १५ प्रतिशतसम्मको लाभांश प्रस्ताव गरेका छन्। त्यस्तै, निर्जीवन बीमातर्फ प्रभु इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, युनाइटेड अजोड, एनएलजी, हिमालयन एभरेष्ट, सानिमा जीआईसी, आईजीआई प्रुडेन्सियल, सिद्धार्थ प्रिमियर, सगरमाथा लुम्बिनी, नेको र शिखर इन्स्योरेन्सले लाभांश घोषणा गरेका छन्।

प्रभु इन्स्योरेन्सले १८ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.९५ नगद  सिद्धार्थ प्रिमियरले सबैभन्दा उच्च १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। सगरमाथा लुम्बिनीले पनि १५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। नेपाल इन्स्योरेन्सले १५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश दिने भएको छ ।

साथै, शिखर इन्स्योरेन्सले १० प्रतिशत बोनस र ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्नेछ भने आईजीआई प्रुडेन्सियलले करसहित ९.७४ प्रतिशत नगद लाभांश दिने भएको छ। सानिमा जीआईसीले ७.५० प्रतिशत बोनस र ०.३९ प्रतिशत नगद लाभांश दिनेछ। साथै,अन्य कम्पनीहरू नेको इन्स्योरेन्सले ७ प्रतिशत बोनस र ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्नेछ भने एनएलजी इन्स्योरेन्सले २.५० प्रतिशत बोनस र ०.१३ प्रतिशत नगद लाभांश वितरण गर्नेछ।

यो समाचार शेयर गर्नुहोस्
939SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?