National life

हिमालयन पावरको हकप्रद सेयर बिक्रीका लागि आवेदन खुला

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|१७ वैशाख २०८३, बिहिबार
1.4kShares
हिमालयन पावरको हकप्रद सेयर बिक्रीका लागि आवेदन खुला
ncell

काठमाडौं। हिमालयन पावर पार्टनर लिमिटेडले आजदेखि हकप्रद सेयर बिक्रीका लागि आवेदन खुला गरेको छ ।

कम्पनीले आफ्नो हालको चुक्ता पूँजी १ अर्ब ६ करोड रुपैयाँको आधारमा १ः०.५ अनुपातमा नयाँ सेयर जारी गरेको हो ।

यसअनुसार प्रत्येक १ कित्ता सेयर बराबर ०.५ कित्ता थप सेयर पाइनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद सेयर निष्कासन गरिएको छ । हकप्रद प्रयोजनका लागि कम्पनीले चैत १० गते एक दिन बुक क्लोज गरेको थियो । त्यसैले चैत ९ गतेसम्म नेप्सेमा सेयर किनबेच गरी कायम भएका लगानीकर्ता मात्रै यसमा आवेदन दिन योग्य हुनेछन्।

लगानीकर्ताले हकप्रद सेयरका लागि जेठ ६ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । क्रेडिट रेटिङ्ग संस्था CARE Ratings Nepal ले कम्पनीलाई ‘केयरएनपी डबल बी माइनस’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको जनाउँछ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ६ करोड ५४ लाख रुपैयाँभन्दा बढी रहेको छ। हकप्रद सेयर बाँडफाँडपछि यो पूँजी बढेर करिब १ अर्ब ५९ करोड ८१ लाख रुपैयाँ पुग्नेछ। यस हकप्रद सेयर निष्कासनको बिक्री प्रबन्धकको जिम्मेवारी Global IME Capital Limited ले सम्हालेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?