National life

हिमालयन पावरले हकप्रद सेयर निष्कासन गर्दै, कसले किन्न पाउँछ ?

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|३० चैत २०८२, सोमबार
2.1kShares
हिमालयन पावरले हकप्रद सेयर निष्कासन गर्दै, कसले किन्न पाउँछ ?
ncell

काठमाडौं। हिमालयन पावर पार्टनर लिमिटेडले आगामी वैशाख १७ गतेदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री प्रक्रिया सुरु गर्ने भएको छ। कम्पनीले हाल कायम १ अर्ब ६ करोड रुपैयाँ चुक्ता पुँजीको आधारमा १ बराबर ०.५ अनुपात (१ः०.५) मा हकप्रद सेयर जारी गर्न लागेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ५३ लाख २७ हजार ८५ कित्ता सेयर निष्कासन गर्नेछ।

हकप्रद सेयर प्रयोजनका लागि कम्पनीले चैत १० गते बुक क्लोज गरेको थियो। त्यसअनुसार चैत ९ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कारोबार भई कायम रहेका सेयरधनी मात्र हकप्रद खरिद गर्न योग्य हुनेछन्।

कम्पनीको हकप्रद सेयरमा आवेदन दिने अन्तिम मिति जेठ ६ गतेसम्म तोकिएको छ। क्रेडिट रेटिङ संस्था केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ’ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ६ करोड ५४ लाख १७ हजार रुपैयाँ रहेको छ। हकप्रद सेयर निष्कासन र बाँडफाँडपछि यो पुँजी बढेर १ अर्ब ५९ करोड ८१ लाख २५ हजार ५०० रुपैयाँ पुग्नेछ। सेयर निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मा ग्लोबल आइएमई क्यापिटल लिमिटेडले लिएको छ।

यो समाचार शेयर गर्नुहोस्
2.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?