काठमाडौँ । साताको दोस्रो कारोबार दिन आज सेयर बजारमा रौनक छाएको छ । उक्त दिन बजार ७०.८१ अंकले बढेर २९३१.६५ को विन्दुमा कायम भएको छ।
पछिल्लो समय बजारले निरन्तर गति लिएको छ ।
आज ३३९ कम्पनीको ६ करोड ४८ लाख ७६ हजार २१७ कित्ता शेयर किनबेच हुँदा २७ अर्ब २४ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ । यस दिन ११ उपसूचकमा हरियाली आएको छ ।
आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको १ अर्ब २२ करोड ८० लाख ७२ हजार रुपैया बराबरको कारोबार भएको छ । शिभम् सिमेन्टको ९२ करोड २८ लाख ८६ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री सहित दोस्रो स्थानमा रहेको छ ।
त्यस्तै उक्त दिन नेपाल फाइनान्सको ८४ करोड ३६ लाख ९५ हजार रुपैयाँ, निफ्राको ७२ करोड ९० लाख ९२ हजार रुपैयाँ र हिमालयन लाइफ इन्स्योरेन्सको ५७ करोड २५ लाख ४३ हजार रुपैयाँको कारोबार भएको हो ।
विस्तृतमा हेर्नुहोस्



































