National life

होर्मुज जलमार्ग फेरी बन्द !

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|०६ वैशाख २०८३, आइतबार
1.4kShares
होर्मुज जलमार्ग फेरी बन्द !
ncell

काठमाडौं। मध्यपूर्वमा जारी तनावबीच इरानले होर्मुज जलमार्ग पुनः बन्द गरेको दाबी गरिएको छ, जसका कारण उक्त महत्वपूर्ण समुद्री मार्गमा व्यापारिक जहाजहरूको आवागमन लगभग रोकिएको बताइएको छ ।

समुद्री ट्र्याकिङ सेवा म्यारिन ट्राफिकका प्रारम्भिक विवरणअनुसार हाल होर्मुज हुँदै कुनै पनि ठूला व्यापारिक जहाजहरू गुज्रिरहेको देखिएको छैन। केही जहाजहरू भने ओमान र युएईको समुद्री तटीय क्षेत्रमा रोकिएका अवस्थामा देखिएको रिपोर्टमा उल्लेख छ ।

त्यसैबीच, शनिबार केही जहाजहरूले उक्त जलमार्ग पार गर्ने क्रममा आक्रमणको सामना गर्नुपरेको दाबी पनि गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
एक तेल बोक्ने ट्यांकरमा इरानी गनबोटबाट गोली प्रहार भएको भन्ने विवरण सार्वजनिक भएका छन् ।

यस्तै, इरानको रिभोलुसनरी गार्ड्सले दुई भारतीय जहाजलाई लक्षित गर्दै फायरिङ गरेको कारण ती जहाजहरूलाई आफ्नो मार्ग परिवर्तन गर्न बाध्य बनाइएको दाबी पनि गरिएको छ।

होर्मुज जलमार्ग विश्वकै अत्यन्त संवेदनशील र महत्वपूर्ण ऊर्जा आपूर्ति मार्गमध्ये एक हो। विश्वको करिब २० प्रतिशत तेल तथा ग्यास यही मार्ग हुँदै ढुवानी हुने भएकाले यहाँ हुने कुनै पनि अवरोधले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा तत्काल असर पार्ने गर्छ।

हालसम्म यी घटनाबारे प्रमुख अन्तर्राष्ट्रिय सञ्चारमाध्यमबाट स्वतन्त्र पुष्टि भने भएको छैन। विशेषज्ञहरूले यदि यो तनाव लामो समयसम्म जारी रह्यो भने तेल आपूर्ति शृंखलामा गम्भीर असर पर्न सक्ने र विश्व बजारमा ऊर्जा मूल्य वृद्धि हुने सम्भावना रहेको चेतावनी दिएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?