काठमाडौँ । नेपालमा भित्रने रेमिट्यान्स १९.३ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको देशको वित्तिय अवस्थाको विवरणले रेमिट्यान्समा बृद्धि देखाएको हो ।
चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा भित्रने रेमिट्यान्स बढेर १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ ।
अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १७.३ प्रतिशतले बढेर ९ अर्ब ९८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३ प्रतिशतले बढेको थियो । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.० प्रतिशतले बढेको थियो ।
११ महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४ लाख २२ हजार ९३६ जना र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ६२ हजार ७०५ जना रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४ लाख ५९ हजार ४१५ जना र २ लाख ६० हजार २६२ जना रहेको थियो ।
यो अवधिमा खुद ट्रान्सफर १७.३ प्रतिशतले वृद्धि भई १४ खर्ब ४३ अर्ब ६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २१.९ प्रतिशतले बढेको थियो ।


































