National life

२ करोड ६३ लाख नाघ्यो मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्या, पौषमा थपिए ३ लाख बढी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ माघ २०८१, मङ्गलबार
898Shares
२ करोड ६३ लाख नाघ्यो मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्या, पौषमा थपिए ३ लाख बढी
ncell

काठमाडौँ । बैंकिङ्ग क्षेत्रमा वित्तीय सेवाहरू डिजिटल प्रविधि मार्फत व्यवस्थापन हुन थालेसँगै मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्यामा बढ्दै गइरहेको छ ।

डिजिटल बैंकिङ्गमा बैंकिङ्ग  सेवाहरूलाई इन्टरनेट, मोबाइल एप्लिकेसन, कम्प्युटर प्रणाली, एटीएम, वेबसाइट, विभिन्न प्रकारका कार्डहरू र अन्य डिजिटल माध्यमद्वारा उपलब्ध गराउने गराइन्छ । जस अनुसार चालु आर्थिक वर्षको पुष महिनासम्म मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्या २ करोड कटेको छ ।

नेपाल राष्ट्र बैंकको एक तथ्यांक अनुसार पुस महिनामा मात्रै मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्या २ करोड ६३ लाख ३६ हजार १ सय १७ रहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
मंसिर महिना यस्तो संख्या २ करोड ६० लाख ३४ हजार ३ सय ५४ रहेको थियो । यो संख्याको आधारमा हेर्दा मंसिरको तुलनामा पौषमा ३ लाख १ हजार ७ सय ६३ जना थपिएका छन् ।

गत पुस मसान्तसम्म २ करोड ३२ लाख १५ हजार १ सय ८० रहेको मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्या यो पुष मसान्तसम्म बढेर २ करोड ६३ लाख ३६ हजार १ सय १७ पुगेको हो ।

पुष मसान्तसम्म मोबाइल बैंकिङ्गबाट ३ खर्ब ९८ अर्ब ३८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। त्यस्तै, वालेट प्रयोग गरी ४० अर्ब रुपैयाँ भुक्तानी भएको बैंकको तथ्यांकमा उल्लेख छ।

त्यस्तै, मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्यामा वृद्धि हुँदा वालेट प्रयोगकर्ताको संख्यामा भने गिरावट आएको छ । मंसिरको तुलनामा पुष महिनामा वालेट प्रयोगकर्ताको संख्या झण्डै ८१ हजार बराबर घटेको तथ्यांकमा उल्लेख छ । गत मंसिरमा २ करोड ५६ लाख ६२ हजार रहेको वालेट प्रयोगकर्ताको संख्या पुषमा २ करोड ५५ लाख ८० हजारमा सीमित भएको छ ।

साथै, इन्टरनेट बैंकिङ्ग प्रयोगकर्ताको संख्या चालु आवमा २१ लाख ८८ हजार ३ सय ८४ पुगेको छ। गत वर्षको पुषमा यो संख्या २० लाख ८८ हजार ८ सय ३१ रहेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
898SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?