National life
cg eloctronics

३ अर्बभन्दा बढी कारोबारबीच सेयर बजारमा सुधार, १२० कम्पनीको मूल्य घट्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|०१ जेठ २०८३, शुक्रबार
2.4kShares
३ अर्बभन्दा बढी कारोबारबीच सेयर बजारमा सुधार, १२० कम्पनीको मूल्य घट्यो
muktinatha bikash bank

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा सामान्य सुधार देखिएको छ।

नेप्से परिसूचक आज १.७७ अंकले उकालो लाग्दै २७३१.९४ बिन्दुमा पुगेर बन्द भएको हो। बजारमा लगानीकर्ताको मध्यम सक्रियता देखिँदा कुल ७९ लाख ३४ हजार कित्ता सेयर किनबेच भएको छ, जसको कारोबार रकम ३ अर्ब ९ करोड ७९ लाख रुपैयाँ पुगेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

कारोबार भएका कम्पनीहरूमध्ये १२७ वटाको सेयर मूल्य बढेको छ भने १२० वटाको घटेको छ। यस्तै, २२ वटा कम्पनीको मूल्य भने स्थिर रहेको छ।

कारोबार रकमका आधारमा आज युनियन हाइड्रोपावर अग्रस्थानमा रह्यो, जहाँ ३० करोड ६६ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भयो। त्यसपछि अपि पावर, रिलायन्स स्पिनिङ मिल्स, एसवाई प्यानल र नेशनल हाइड्रोपावर क्रमशः उच्च कारोबार हुने कम्पनीहरूमा परेका छन्।

everest bank
यो समाचार शेयर गर्नुहोस्
2.4kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?