National life

८४ दिनका लागि २० अर्ब रुपैयाँको निक्षेप संकलन गर्दै राष्ट्रबैंक

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|०४ माघ २०८२, आइतबार
1.2kShares
८४ दिनका लागि २० अर्ब रुपैयाँको निक्षेप संकलन गर्दै राष्ट्रबैंक
ncell

काठमाडौँ। बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ बराबरको रकम बजारबाट झिक्ने भएको छ। केन्द्रीय बैंकले अल्पकालीन मौद्रिक उपकरण निक्षेप संकलन मार्फत ८४ दिनका लागि उक्त रकम संकलन गर्न लागेको हो।

राष्ट्र बैंकका अनुसार, निक्षेप संकलनका लागि आज मध्यान्ह २ बजेदेखि अनलाइन बिडिङ प्रणालीमार्फत बोलकबोल प्रक्रिया सुरु हुनेछ। यसमा सहभागी हुन इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्नेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त निक्षेप संकलनको साँवा तथा ब्याज भुक्तानी आगामी चैत २९ गते गरिने केन्द्रीय बैंकले जनाएको छ। निक्षेप संकलन प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरू सहभागी हुन पाउनेछन्। पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता उच्च भएपछि त्यसको व्यवस्थापनका लागि राष्ट्र बैंकले यस्ता मौद्रिक उपकरण प्रयोग गर्दै आएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?