National life

छलफलमा प्रस्तुत सुझावअनुसार बजेट परिमार्जन गर्नुपर्छ : सांसद सुवाल

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०१ असार २०८०, शुक्रबार
602Shares
छलफलमा प्रस्तुत सुझावअनुसार बजेट परिमार्जन गर्नुपर्छ : सांसद सुवाल
ncell
काठमाडौं । सांसद प्रेम सुवालले सांसदहरुले छलफलमा प्रस्तुत गरेका सुझावअनुसार बजेट परिमार्जन गर्न सत्तापक्ष तयार हुनपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले देश र जनताको हितका लागि सांसदहरुले छलफलमा प्रस्तुत गरेका सुझावअनुसार बजेट परिमार्जन गर्न सत्तापक्ष तयार हुनपर्नेमा जोड दिएका हुुन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथि सामूहिकरूपमा भएको छलफलमा खर्च कटौटीको प्रस्ताव पेस गर्दै बजेट परिमार्जन गर्न प्रधानमन्त्री र अर्थमन्त्री तयार हुनुपर्ने धारणा उनले व्यक्त गरे ।
सांसद सुवालले भने, “खराब सहकारी संस्थालाई सरकारले हस्तक्षेप गर्न जरुरी छ, त्यस्तो सरकारी संस्थालाई अनुमति दिने सरकारका अधिकारीको घरजग्गा जफत गरी सहकारीपीडितको बचत फिर्ता गराउनुपर्छ, सहकारी क्षेत्रको कार्यक्षेत्रलाई स्थानीय तहका वडामा मात्रै सीमित गर्नु जरुरी छ ।”
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
602SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?