National life

रेडियो नेपालको ५०औं रोपनी जग्गा बिक्री गरेर कमिशन खाने काम भयो : सांसद सुवाल

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०४ असार २०८०, सोमबार
647Shares
रेडियो नेपालको ५०औं रोपनी जग्गा बिक्री गरेर कमिशन खाने काम भयो : सांसद सुवाल
ncell

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले खुमलटारस्थित रेडियो नेपालको ५० औं रोपनी जग्गा बिक्री गरेर करोडौं कमिशन खाने काम भएको बताएका छन् । प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।

त्यस्तै उनले रेडियो नेपालको ५० औं रोपनी जग्गा बिक्री गरेर करोडौं कमिशन खानेलाई कारबाही गर्न माग गरे । ‘रेडियो नेपालको खुमलटारस्थित ५० औं रोपनी जग्गा बिक्री गरेर करोडौं कमिशन खाने को–को हो ? कारबाही हुनु पर्यो, उनले भने ।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले सञ्चारमन्त्री रेखा शर्माले सरकारी स्वामित्वमा रहेका सञ्चार माध्यमहरु गोरखा पत्र, रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सरकार र मन्त्रीहरुको मात्रै प्रचार गर्न निर्देशन दिएको भन्दै आक्रोश व्यक्त गरे।

उनले भने, ‘सरकारी स्वामित्वको सञ्चार माध्यम गोरखा पत्र, रेडियो नेपाल, नेपाल टेलिभिजनलाई सरकारी पार्टीको मुखपत्र बनाउनु भएन । खाली सरकारी पार्टीको, मन्त्रीहरुको मात्रै आउने अरु कोही छैन यहाँ? १३ वटा दल छन संसदमा। अरुको केही सुन्नै नपाउने। सञ्चारमन्त्रीज्यूले सबै चिज सरकारको मात्रै प्रचार गर्नु भनेर निर्देशन दिन मिल्छ ?’ उनले प्रश्न गरे ।

 

यो समाचार शेयर गर्नुहोस्
647SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?